एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले भुटानलाई ५० रनले हरायो ।

जितका लागि ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा अलआउट भयो । नेपालका बलरसामु निरीह भएका भुटानका एक जना ब्याटर बाहेक कसैले पनि दोहोर अंकमा रन बनाउन सकेनन् । भुटानकी छिरिङ्ग जाङ्मोले मात्र १६ रन बनाइन् ।

ओपनिङमा आएकी एसहे छोदेनलाई दोस्रो ओभरमै कविता कुँवरले बोल्ड आउट गराएपछि भुटानको विकेट पतन सुरु भएको थियो ।

भुटानलाई सस्तैमा अल आउट गर्न नेपालकी संगीता राईले ४ विकेट लिइन् । २.५ ओभर बलिङ गरेकी उनले मात्र ६ रन दिएर ४ विकेट लिएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार