महंगी तथा कालोबजारी नियन्त्रण नभए जनकारबाही गर्ने एकीकृत माओवादीको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माओवादी) ले मूल्यबृद्धी र राष्ट्रियतासँग जोडिएका एमसीसी, एसपीपी, इम्बोस्ड नम्बर, महंगी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण नगरे मन्त्रीहरुलाई जनकारवाही गर्ने एकिकृत माओवादीले घोषणा गरेको छ । शनिबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर एकीकृत माओवादीले मन्त्रीहरुसँगै नेपाल आयल निगमका कार्यकारी निर्देशक, कृतिम अभाव सिर्जना गर्ने विचौलिया, भ्रष्टाचारीलाई जनकारवाहीस्वरुप कालोमोसा दल्ने घोषणा गरेको हो ।

एकीकृत माओवादीका महासचिव माणिक लामाले आफ्नो पार्टीले महंगी, कालोबजारी, बलात्कारी, मिटर ब्याज नियन्त्रण गर्न सरकारसँग माग गरेको जानकारी दिए । उनले जनताको दैनिक जीवनसँग जोडिएका मागहरु आफूहरुले उठाएको भन्दै पूरा गर्न आग्रह समेत गरे ।

पत्रकार सम्मेलनमा एमसीसी सरकारले जबरजस्त संसदबाट पास गरेर राजपत्रमा प्रकाशित गरेको बताउँदै राष्ट्रहितमा नभएको भन्दै लागु नगर्न सरकारसँग माग गरेको छ । त्यस्तै, आपनो पार्टीसहितको चौतर्फी विरोधका कारण सरकार एसपीपीबाट सरकार पछि हटेको बताउँदै विरोध मत्थर भएपछि पुनः लागु गर्न सक्ने भन्दै खबरदारी राखी राख्ने प्रेस विज्ञप्तिमा उल्लेख छ । उसले जनतालाई खबरदारीमा उत्रिन अपील समेत गरेको छ ।

आज पार्टीको मुखपत्र रातो यात्रा डट.कम अनलाइनको उद्घाटन समारोहमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवत्ता जन्जीर शाहीले नागरिकसँग जोडिएका विषय सम्बोधन गरी सहज जीवन यापनको लागि सरकारसँग माग गरे ।

प्रवक्ता शाहीले सरकारले संसदीय समितिले पेट्रोलियम पदार्थको ५० प्रतिशत कर फिर्ता लिन दिएको निर्देशन पूरा नगरेको बताए । पेट्रोलियम पदार्थको मूल्यसँगै हरेक सेवा र बस्तुको मूल्य घटबढ हुने भन्दै उनले अझै थप कर फिर्ता लिएर जनतालाई राहत दिनुपर्ने बताए ।

त्यसैगरी माओवादीले नेपाली नागरिकको गोपनियता, राष्ट्रिय स्वाधिनता, नेपाली आर्ट मजदूरको रोजीरोटी खोस्ने र ठूलो आर्थिक चलखेलमा लागु गर्न खोजिएको इम्बोस्ड नम्बर प्लेट लागु नगर्न सरकारसँग माग गरेको छ । त्यस्तै, बढ्दै गएको भ्रष्टाचार, यौन हिंसाका घटना, मिटर ब्याजीविरुद्ध कडा कदम चाल्न समेत सरकारसँग माग गरेको बताउँदै प्रवक्ता शाहीले बेवास्ता गरे बाध्य भएर जनकारवाही गर्ने चेतावनी समेत दिए ।

सरकारले आफ्ना माग सम्बोधनमा ध्यान नदिए विभिन्न चरणमा आन्दोलन गर्ने एकीकृत माओवादीको भनाई छ । आन्दोलन अन्र्तगत पहिलो चरणमा ध्यानाकर्षपत्र बुझाउने लगायतका गतिविधि रहने, दोस्रो चरणमा धर्ना, मसाल जुलुश, चक्का जाम, कोणसभा, विरोधसभा गर्ने र तेस्रो चरणमा मन्त्री, बिचौलिया, कालोबजारी, बलात्कारी, मिटर ब्याजीमाथि जनकारबाही गर्ने जनाएको छ ।

हेर्नुहोस प्रेस विज्ञप्ती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार