काठमाडौं । राष्ट्रघाती नागरिकता नीतिको एकीकृत माओवादीले विरोध गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एकीकृत माओवादीले यस्ता राष्ट्रघाती नीति फिर्ता नलिए कडा कदम चाल्ने चेतावनी दिएको छ ।
कार्यक्रममा बोल्दै एकीकृत माओवादीका महासचिव मनिक लामाले सरकारले राष्ट्रघाती नागरिकता नीति फिर्ता नलिए देश दुर्घटना पर्ने चेतावनी दिनुभएको थियो ।