सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सित्तली–मेलुङ वुद्धचोक सडकमा वाइवा कन्ट्रक्सनको ब्यापक लापरबाही देखिएको छ । बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय सिन्धुपालचोकबाट ठेक्का सम्झौता भई काम सुरु गरेको वाइवा कन्ट्रक्सनले सम्झौता विपरित सडक निर्माणको काम गरेको पाइएको छ ।
वाइवा कन्ट्रक्सनको लापरबाहीका कारण सडक छेउका ६ घर विस्थापित भएको र २० घर पूर्ण जोखिममा रहेको संघर्ष समितिका अध्यक्ष राजेन्द्र ठकुरीले बताए । ।
वाइवा कन्ट्रक्सनले सडक निर्माणको क्रममा जथाभावी नाला छाडने र सम्झौता विपरित गुणस्तरहीन सामानको प्रयोग गरेको पाइएको स्थानीयको गुनासो छ ।
सम्झौता विपरित काम भएको भन्दै स्थानीयले पटक–पटक सचेत गराउँदा पनि काममा सुधार नआएको भन्दै प्रभावित स्थानीय आन्दोलित भएका छन् ।
आन्दोलित स्थानीयले अनियमितताको छानबीनका लागि अख्तियारमा उजुरी पनि दिएका छन् ।