नेकपा (एकिकृत माओवादी) को जिल्ला भेला काठमाडौंमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माओवादी) ले काठमाडौं, दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका नेता तथा कार्यक्रताको संयुक्त भेला सम्पन्न गरेको छ ।

पार्टीका महासचिव कमरेड मणिक लामाको प्रमुख आथित्यतामा सम्पन्न भेलाले पार्टीलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गरेको थियो ।

भेलामा उपस्थित पार्टीका कमरेडहरुले नेपालको कम्युनिष्ट आन्दोलन सफल बनाउन पार्टीले भूमिका खेल्नुपर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार