अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी अनुमति दिने ५० वर्ष पुरानो फैसला उल्ट्याएको छ । योसँगै अमेरिकामा महिलाले गर्भपतन सम्बन्धि कानुनी अधिकार गुमाएका छन् ।
अदालतको यो आदेशले अब अमेरिकाका राज्यहरुलाई गर्भपतनलाई गैरकानुनी मान्ने वा त्यसलाई मान्यता दिने विकल्प दिएको छ ।
तर, गर्भपतन महिलाको हक हुनुपर्ने माग गर्दै आएका संगठन तथा संस्थाहरूले भने अदालतको फैसलामा असन्तुष्टि जनाउँदै विरोध जनाएका छन् । अमेरिकामा महिला अधिकारवादीहरुले अदालतको फैसलाप्रति चर्को विरोध जनाएका छन्।