अफगानिस्तानमा भूकम्पमा परी हजार मानिसको मृत्यु

अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनको संख्या एक हजार नाघेको छ । घटनामा ६ सय बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ । मध्यरातपछि भूकम्प आउँदा धेरै मानिस सुतिरहेका थिए ।

अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले सो भूकम्प ६ दशमलव १ म्याग्निच्यूड मापन गरेको जनाएको छ । प्रभावित क्षेत्रमा उद्दारका लागि सुरक्षा निकाय परिचालन गरिएको तालिवानी सरकारले जनाएको छ । भूकम्पका कारण सो क्षेत्रमा रहेका कच्ची घर क्षतिग्रस्त भएको बताइएको छ ।

उद्दारकर्ताहरु घाइतेको उपचारमा दौडधुप गरिरहेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरिएका छन् । दुर्गम क्षेत्र भएकाले हेलिकोप्टर प्रयोग गरेर घाइतेहरुलाई अस्पताल लगिएको बताइएको छ ।

तालिवानी नेता हिबतुल्लाह अखुन्जादाले भूकम्पका कारण सयौं घर भत्किएको र मृतकको संख्या अझै बढ्न सक्ने बताउनुभयो । केन्द्रविन्दु भन्दा पाँचसय किलोमिटर टाढासम्म भूकम्पको तरङ्ग पुगेको बताइएको छ ।

अफगानिस्तानबाहेक पाकिस्तान र भारतसम्म पनि भूकम्पको धक्का महसुस भएको युरोपेली भूकम्प मापन केन्द्र ईएमएससीले जनाएको रोयटर्सले उल्लेख गरेको छ । अफगान सरकारले उक्त क्षेत्रमा थप विपद् आउन नदिन तत्काल उद्धार टोली पठाउन समृद्ध दाता राष्ट्रलाई अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार