दुई जोईका खसम पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना श्रीमतीभन्दा गरिब भएको पाइएको छ । निर्वाचन आयोगमा पेश गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री शरीफ र उनका पूर्ववर्ती खानका पत्नीसँग आफ्ना पतिभन्दा अधिक सम्पत्ति रहेको पाइएको हो ।
पूर्वप्रधानमन्त्री इमरान खानसँग दुई लाख पाकिस्तानी रूपैयाँ पर्ने चारवटा बाख्रा छन् । अंशवण्डामा प्राप्त उनीसँग छ किसिमका सम्पत्ति छन् । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष खानसँग न त गाडी छ न देश बाहिर सम्पत्ति नै । उनले कतै लगानी लगानी गरेका छैनन् ।