क्रान्तिको नयाँ यात्रा रातो यात्रा…

विश्वमा कम्युनिष्ट आन्दोलनले दुई सय वर्ष भन्दा बढि समय पार गरिसकेको छ । यो दुई सय वर्ष को समयका विश्वको समाज, चेतना र परिस्थिती निकै बदलियो । यो अवधिमा विश्व कम्युनिष्ट आन्दोलनले पनि विभित्र आरोह र अवरोहहरु पार गरिसकेको छ । साच्चै भन्नुपर्दा आरोह भन्दा पनि अवरोहहरु बढि कम्युनिष्ट आन्दोलनले खेपेको छ ।

विश्वका प्रमुख कम्युनिष्ट सत्ताहरु ढलेका छन त्यसको तुलनामा नयाँ कम्युनिष्ट सत्ताहरु निर्माण हुन सकेनन् । साम्राज्यवाद, विस्तारवाद र पुँजिवादका विभित्र षड्यन्त्र तथा कम्युनिष्टहरुका आन्तरिक कलह र आपसी द्धन्दका कारणले बिसौ सताब्धीको अन्त्य तिर धेरै कम्युनिष्ट सत्ताहरु ढल्न पुगे ।

अहिले पनि केहि प्रमुख कम्युनिष्ट सत्ताहरु कायम रहेका छन, तर ति कम्युनिष्ट सत्ताहरु कि त निरंकुश तानाशाहीको जगमा टिकेका छन कि त आँफुलाई परिवर्तन गरेर रहेका छन ।

नेपालमा पनि विभिन्न समयमा जन्मिएका कम्युनिष्ट पार्टीहरु सिद्धान्तलाई आत्मसाथ गर्न सकिरहेका छैनन् । फलस्वरुप उनीहरुको नाममा कम्युनिष्ट भएपनि सिद्धान्त उनीहरु पुँजिबादको यात्रामा अगाडी बढेका छन् ।

कम्युनिष्टको नाम भजाएर जनता झुक्याउने बाहेक नेपालका कम्युनिष्टले केही गर्न सकेका छैनन् । कम्युनिष्ट पार्टीको नाममा भएका आान्दोलन र त्यसबाट प्राप्त उपलब्धिलाई जोगाउन नसक्नु र सिद्धान्तमा निरन्तर पतन हुै जानु हाम्रो देशका पार्टीको मुख्य समस्या हो ।

सरकारको दानापानीको स्वादपछि सर्वहारा जनताका आँशु बिर्सने नेताहरुका कारण नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नो यात्रा बिच बाटोमा नै छाड्नुपर्ने अवस्था पट्क पट्क सिर्जना भएका छन् ।

यसको पछिल्लो उदाहरण हो १० वर्षे जनयुद्धको नाममा जन्मिएको नेकपा माओवादी । शान्ति प्रकृयामा आएपछि प्राप्त जनमत अनुसार काम गर्न नसक्नु र पुँजिपतिको चंगुलमा पस्दा यो पार्टीले आफ्नो सैद्धान्तिक धरातलत भुलेन मात्र बाटो नै परिवर्तन गर्यो । तर, यो आन्दोलनमा लागेका केही यात्री कम्युनिष्ट आन्दोलनमा निरन्तर लागको छन् ।

यही यात्राको एक सहयात्री हो रातो यात्रा डट.कम । बदलिदो समाजलाई नयाँ आयामको सञ्चार माध्यम मार्फत सूसुचित गराउने यात्राको यो थालनीलाई हामीले असार ११ गतेबाट प्रारम्भ गरेका छौं ।

रातो यात्रा अविचलित रुपमा निमुखा जनता र सर्वहारा वर्गको पक्षमा वकालत गर्न प्रतिवद्ध छ । सामाजिक विकृतीको भण्डाफोर र जनतामाथिको दमन हामीले उठाउने मुख्य मुद्धा हुनेछन् । कम्युनिष्ट आन्दोलनलाई सार्थक बनाउन थालिएको यो सञ्चार यात्रा हाम्रा लागि महत्वपूर्ण साधक हुनेछ ।

हामी हाम्रो उपलब्धि प्राप्तीका लागि यो यात्रालाई अविस्मरणीय बनाउन चाहन्छौ र भन्न चाहन्छौ । हामी जनताको आवाज हौं । सर्वहारा वर्गको सहायता हौं । सामाजिक कुरितीको निर्मम प्रहार हौं । बाँकी जनताको हातमा ।

अभिवादन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार