नेपाली कम्युनिष्ट आन्दोलन र सिद्वान्त

१. राष्ट्रिय परिस्थिती

१० वर्षे माओवादी जनयुद्ध र त्यस्का जगमा ०६२÷०६३ को दोश्रो जनआन्दोलन पश्चात नेपालमा संविधान सभा मार्फत (२०६४) नयाँ संविधानद्धारा जाती वर्ग, उत्पीडित क्षेत्र र उत्पीडित लिंग, दलित अलपसंख्याक किसान मजदुर, हलिगोठाला, हरुवा चरुवा सुकुम्बारी गरिब श्रमजीवी वर्गको मुक्तिको खातिर उनीहरुलाई शाषण सत्ताका मालिक वनाउने उद्देश्यका साथ गरिएको संविधान सभालाई विघटन गरियो ।

माओवादी आन्दोलनको ठूलो हिस्साले दोश्रो संविधान सभाको निर्वाचनलाई वहिस्कार गरियो । यो सवै गतिविधीहरु साम्राज्यवादी विस्तारवादी चलखेलमा क्रान्तिकारीहरुलाई अलमल्याउन गरिएका गम्भीर षडयन्त्र थियो ।

संविधान घोषणा रोक्न तत्कालीन भारतीय विदेश सचिव जय शंकर लाई काठमाण्डौमा पठायो र आफुले भने अनुसारको संविधान घोषणा नभए पछि नाकावन्दीको एकतर्फी घोषणा भयो । सिमा क्षेत्रका मधेशवादी दलहरुलाई उचालेर नाकावन्दी गर्न लगायो । अन्तर्राष्ट्रिय सन्धी विपरीत लामो नाकावन्दीको संसार भरी चर्काे विरोध भयो र अन्त्यमा भारतीय विस्तारवादी शाषक पछि हट्न वाध्य भयो ।

नयाँ संविधान घोषणा भएपछि आम निर्वाचनका वामपंथीको २ तिहाईको सरकार बन्न पुग्यो । तर सरकारी नेकपामा कुर्सिको झगडाले पार्टीको अस्तित्व समाप्त भएर जनता विच नाँगेझार भएको स्थिति हाम्रो सामु जग जाहेर छ । सरकारका मन्त्री मण्डल व्यापक भ्रष्टाचारमा लिप्त छ ।

ललिता निवास, वाइवढी जहाजकाण्ड, ३३ के.जी सुन काण्ड, गुठी विधेयक, एनसेल लाभकर प्रकरण, होली वाइन प्रकरण, विषादी प्रकरणको छानविन र भ्रष्टाचारको माग सहित जनताको स्तरका व्यापक विरोध भई राखेको छ । सुदुर पश्चिमका निर्मला पन्त लगायत थुप्रै वलात्कारको घटना घटेका छन । विगत वर्षमा चीनको वुहानवाट फैलिएको महाविनाशकारी कोरोना (Covid 19) संसारभरी फैलियो । नेपाल पनि अछुतो रहन सकेन ।

कोरानाको कहरले ८-९ महिनामा लकडाउन हुँदा यसबाट नेपालको अर्थतन्त्र चौपट भएको छ । जनता प्रति सरकार जवाफदेही नभएको र जनस्वास्थ्य प्रति ठूलो खेलवाड गरियो । सरकारले ओम्नी र यति समुहको नामबाट भ्रष्टाचारको श्रृखंलाको समाचारहरु आईरहेका छन । त्यस्को पनि कतै छानविन भइरहेको छैन ।

अमेरिकाले अनुदानका दिएको मिलिनियम च्यालेन्ज कर्पाेरेशन (MCC) संसदको अधिवेशनबाट २ तिहाई मतवाट पास गरउन लागिरहेको छ । यसलाई कांग्रेसले शुरुमा नै तत्कालीन अर्थ मन्त्री ज्ञानेन्द्र वहादुर कार्की ले हस्ताक्षर गरी सकेको थियो । संसदमा (MCC) पास गरउने वहस सँगै राष्ट्रिय राजनितिमा राष्ट्रियता र सार्वभौम अखण्डता सँग जोडिएको विषय भएकोले जनस्तरमा समेत चर्को विरोध भएको छ ।

खास अर्थमा नेपालको भूभागको सामरिक महत्वलाई उपयोग गरी स्व्तन्त्र तिब्बतको लागि यहाँबाट चीनलाई घेरा हाल्ने रणनितीक चाल वाहेक अरु केही होइन । सोही निती अन्तर्गत नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डता माथी ठाडो हस्तक्षेप गर्न अमेरिकी साम्राज्यवाद लागि परी रहेछ ।

यसकारण नेपाल अमेरिकी साम्राजयवादको पंञ्जामा पर्ने र उसको सैनिक प्रयोगशाला हुने खतरा उन्मुख छ । यस विषयमा देशभक्तहरू, क्रान्तिकारीहरू परिवर्तनकामी जनता सडकमा उत्रिएको छ । अमेरिकी साम्राज्यवादले नेपाललाई हेर्ने दृष्टिकोण भारतीय आँखाबाट हेरी रहेको छ ।

भारतीय विस्तारवादी शाषकले नेपालको भूभाग कालापानी, लिम्पीयाधुरा, लिपुलेक सुस्ता, महेशपुर राजनीति नक्शामा विस्तारवादी शाषकले नेपालको भूभाग नाङ्गो ढंगले हस्तक्षेप गरेपछि सरकार वाध्य भएर कालापानी, लिम्पीया, धुरा, लिपुलेकलाई जनताको आँखामा छारो हाल्न चुच्चे नक्सा वनाउन वाध्य भयो ।

नेपालको ७२ ठाउँमा ६२,६६० हेक्टर जमिन मिचेको छ । यो झनै भक्तपुर जिल्लाको क्षेत्रफल सरह हो । त्यस्तै सन १९६२ वाट कालापानीमा भारतीय सेना राखी नेपालको सम्प्रुभूता माथि ठाडो हस्तक्षेप गरेको छ । नेपाल १० औं नंम्बरमा भ्रष्टाचार भएको देश हो । घरघरमा सिंहदरवार अहिले भ्रष्टचारको अखडा भएको छ । नदिनाला सार्वजनिक जमिन उत्खनन गरिएको छ । विना मापदण्ड जथाभावी वालुवा ढुङ्गा गिट्टीको अवैध कार्य भई रहेको छ ।

२. अन्तर्राष्ट्रिय परिस्थिती

आज विश्व २१ औं शताब्दीमा छ । २१ औं शताब्दीमा विश्वका राजनैतिक र आर्थिक अन्तरविरोधहरू पनि बदलिएका छन् । अहिलेको विश्व पूरै बदलिएको छ । विज्ञान र प्रविधीको दु्रत विकासले विश्व सानो गाऊँमा (Global Village) परिणत भएको छ ।

आज विश्वमा शोषित – उत्पीडीत वर्गको समाजवादी सत्ता छैन । सम्पूर्ण विश्वमा दलाल पूँजीवादीहरूको एकल प्रभुत्व कायम छ । पूँजीवादको स्वरुप बदलिएको छ । पूँजीवाद अझ बढी शक्तिशाली र हराभरा भएको छ । प्रथम र दोस्रो विश्व युद्धमा आपसमा युद्ध, काटमार गर्ने पूजीवादीहरू अहिले एकजुट भएका छन् । अमेरिकाको नेतृत्वको नेटोमा आधुनिकीकरण भएका छन् । इराक, लिविया, अफगानिस्तान र सिरियाको विरुद्ध एकमत भई हवाई हमला गरेका छन् । यस्तै बहुराष्ट्रिय कम्पनीहरू र सैन्य गठवन्धनहरू पनि एक भएका छन् ।

अहिलेको विश्व पूँजिवाद एकिकृत भएका छन् जुन भूमण्डलीकरण (Globalization) को रुपमा देखा परेको छ । यसलाई हामी एकिकृत पूजिवाद (Unified Capitalism) भन्दछौं ।

त्यसकारण वर्तमान पूँजिवाद निगम पूजिवाद हो । निगम पूजिवाद सबै प्रकारको उद्यमीहरूको संचालनबाट बन्दछ । यस्को उद्देश्य सम्पूर्ण क्षेत्रमा एकाधिकार कायम गर्नु हो । एउटा बहुराष्ट्रिय कम्पनीहरूले सबै आवश्यक वस्तुहरू र सेवाहरूको उत्पादन गर्दछ । बहुराष्ट्रिय कम्पनीहरूले सियो देखि रकेटसम्म उत्पादन गर्दछन् ।

पूँजिवाद धेरै शक्तिशाली भईसकेको छ र निगमहरूले नयाँ वस्तुहरू र योजनाको विकासको लागि विज्ञान र प्रविधीको प्रयोग र उपयोग गरी रहेका छन् ।

१९९१ डिसेम्बर २६ मा सोभियत यूनियनको विघटन पछि एकलौटी विश्व महाशक्तिको रुपमा अमेरिकी साम्राज्यवाद अगाडी आयो । विश्व एकछत्र अमेरिकी साम्राज्यवादको अधिनमा रहयो ।

तर अहिले अमेरिकी साम्राज्यवाद कमजोर हुँदै गएको छ । विश्व बहुधुवमा विभाजित छ । कम्यूनिष्ट आन्दोलन नयाँ स्थितीमा छ । संसदीय पूँजिवादी व्यवस्था थप संकटमा गई रहेका छन् । चीन पनि सैन्य तथा आर्थिक क्षेत्रमा शक्तिशाली हुँदै गएको छ । रुस पनि अरु थप शक्तिशाली हुँदै गएका छन् र रुसले हालै १४ फ्रेबूअरी २०२२ देखि युक्रेनमा आक्रमण गरेको छ ।

रसियाको भू–राजनीति र राष्ट्रिय सुरक्षाका साथै रसियन भाषा भाषीमाथिको भेदभाव र दमन मात्र नभएर नेटो (NATO) सैनिक गठबन्धनमा समावेश हुने कुराले पुटिनले छिमेकी देश युक्रेनमा भिषण सैन्य आक्रमण गर्न बाध्य भएको र रुस–युक्रेन युद्धले डरलाग्दो रुपमा लिएमा रसायनिक तथा जैविक हतियार लेस तेस्रो विश्व युद्ध हुनेछ । जसको फलस्वरुप विश्व खरानीमा परिणत हुनेछ । यसरी क्षेत्रिय रुपमा पनि नयाँ–नयाँ शक्ति केन्द्रहरू देखा परी रहेको छ ।

विश्व बहुध्रुवमा विभाजीत संगै नयाँ युद्धहरू पनि शुरु भएका छन् । अमेरिका साम्राज्यवादले कमजोर देशमाथी एकपछि अर्को रुपमा आक्रमण गरी रहेको छ । युद्ध अब नयाँ रुपमा बदलिएका छन् । रुस पनि युद्धमा सामेल भएका छन् । चीन पनि दक्षिण चीन सागरमा (South China Sea) युद्ध गर्ने मनस्थीतीमा पुगेको छ । ताइवनलाई अमेरिकीद्धारा थप मिसाइल प्रतिरोध सैन्य हतियारहरु प्रदान गरि आएको छ । दक्षिण कोरियामा अमेरिकी सेना संख्या बढाउदै गएको छ । दक्षिण कोरियामा उत्तर कोरियाका आक्रमणबाट बच्न मिसाइल प्रतिरक्षा प्रणाली थाड HAAD (Terminal High Altitute Area Defences) जडान गरिसकेको छ ।

जनवादी गणतन्त्र कोरियाले पनि १३००० किलोमिटर मार्क गर्ने सक्ने (Intercontinental Ballistic Missile) ICBM परिक्षण गरी सकेको छ । भारत र पाकिस्तान बीच कास्मीर विषयलाई लिएर अरु थप तनाव उत्पन्न भएका छन् । काश्मीरलाई मोदी सरकारले केन्द्रीय शाषीत राज्य बनाई सकेकोछ । यि सबै बहुध्रवीय रुप हुन् ।

राष्ट्रपति शिजीनपिङ्ग सत्तामा रहिरहनु, चीनका सविधानमा संसोधन गरी राष्ट्रपति शि अनिश्चित कालसम्म राष्ट्रपति रहनु जनमत संग्रहबाट बेलायत यूरोपियन यूनियनबाट छुट्टिनु, डोनाल्ड ट्रमले दिएको अमेरिकी महान र पहिलो भन्ने अभिव्यक्ति, मूस्लीमलाई अमेरिकामा प्रवेश निषेध र मेक्सीको सिमानामा पर्खाल लगाउने जस्तो कार्यलाई अन्धराष्ट्रवाद बढ्नु नै विश्वमा भयानक युद्धको सम्भावनालाई नकार्न सकिदैन । तेस्रो विश्व युद्धको कालो बादल मडारिरहेको छ ।

अहिले विश्व अत्याधुनिक सैन्य प्रविधीले ठूलो गति लिएको सन्दर्भमा हवाई, जल स्थलबाट स्थलमा मार्क गर्न सक्ने र हजारौ किलोमिटर दुरीमा जान सक्ने अन्तरमहाधिपिय Inter Continental Ballistic Missile (ICBM) नक्षण क्षेप्यास्त्र प्रणाली, प्रतिरक्षात्मक क्षेप्यास्त्र प्रणाली Hyper Sonic Missile जुन आवाज भन्दा पच्चीस गुणाले यात्रा गर्दा छ । यस प्रकारको विज्ञान तथा प्रविधिको विकासले विश्व झन त्रसित भई रहेको छ ।

यसै सन्दर्भमा विश्व पूँजिवाद अहिले ठूलो संकटको भूँमरीमा फसेको छ भने तेस्रो विश्वको कमजोर गरीव देशहरूमा भने पुरानो मक्केको सत्ता विरुद्ध विद्रोहको झिल्को दन्कीरहेको छ । साम्राज्यवादले युद्ध थोपरीएको छ । र निर्दोष कमजोर राष्ट्रमाथी आक्रमण गरी स्रोत साधन त्रुटी रहेका छन् ।

प्यालेन्टीन र इजराइलको समस्या झन जटिल बन्दै गएको छ । इजराइले प्यालेष्टीन जनताका निर्मम हत्या गरी रहेको छ । गाजका हजारौ निर्दोष बालबालिका र महिला माथी वमवर्षा गरी रहेको छ । मानव अधिकार देखावटी मात्र भई रहेको छ । संयुक्त राष्ट्रसंघले एक शब्द पनि उच्चारण गरी रहेको छैन । सिरिया, लिबिया, इराक, प्यालेन्टीन जनताका न्यूनतम बाँच्ने अधिकार पनि खोसिएको छ ।

अमेरिकी साम्राज्यवादीले संसार भरी असी देशमा ७५० आधार शिविर (Air Base) छ । त्यस मध्ये जर्मनीमा ११९, जापानमा ७३, दक्षिण कोरियामा ४४ र इटालिमा ६ रहेको छ । (Air Force base) 3 Army Bases 2 Navy Bases)

यूरोपमा भरी कूल अमेरिकी सेना संख्या यस प्रकारको छ ।

इटाली – १२५३५
स्पेन – ३२५६
यूके – ९५१५
बेल्जीयम – ११७०

सक्रिय अमेरिकन सैनिक १,५०,००० देखि २,००,००० विश्व भरी छरि रहेका छन् । संसारभरी पछि छरिएका युस आर्मी (US Army) मध्ये Okinawa,  Honshu / Kyushu  गरी जम्मा 43000 जापानमा छ । सबैभन्दा ठूलो सैन्य क्याम्प Umphreys मा छ । यो दक्षिण कोरियाको सिउलबाट ६५ किलोमिटर टाढा रहेको छ ।

अमेरिकाको जर्मन स्थित Ramstein Air Base छ । (US Stein Air Base) छ । सबैभन्दा ठूलो सैनिक बेस क्याम्प us को  North Caroline मा छ । 2.4 मिलटरी संख्या अमेरिकाको रहेको छ । १९३ देशमा ८४ सैन्य बेस क्याम्प रहेको छ ।

हालै अमेरिका बिट्रेन र अष्ट्रेलियाले सैन्य सन्धि गरेको छ । Auukus नाम गरेको सन्धीले समुन्द्रबाट पन्डुवी जहाजबाट मिसाइल आक्रमण गर्न सकिन्छ । साथै जापान अष्ट्रलिया, भारत र अमेरिका मिली The Quadrilateral Security Dialogue (QSD) पनि भनिन्छ ।

यो सम्झौता सन् २००७ मा जापानीज प्रधान मन्त्री Shinzo Abe, अमेरिकी उपराष्ट्रपति Dick Cheney, Australia P.M. John Howardt, & Indian भारतीय प्रधानमन्त्री मनमोहन सिंहले हस्ताक्षर गरेका थिए । यस सन्धीको मूल उद्देश्य चीनको बढदो सैनिक शक्तिलाई रोकनु हो । आर्थिक तथा सैन्य शक्तीलाई कमजोर बनाउनु हो । यो सम्झौताको अर्को नाम Indo – Pacific QUAD or नयाँ शित युद्धक्षेत्र” भन्न सकिन्छ । चीनले पूर्व र दक्षिण चीन सागरमा देखाएको सैन्य प्रदर्शनलाई दृष्टिगत गरी ल्याएको सैन्य निती हो ।

अन्त्यमा माथी उल्लेख गरेका सम्पूर्ण राजनीति तथा आर्थिक अन्तरविरोध अमेरिकी साम्राज्यवाद र उनको मतियार देशहरू नेटो र उत्पीडीत राष्ट्र र जनता बिचको अन्तरविरोध नै प्रमुख अन्तरविरोध हो ।

तेस्रो विश्वका उत्पीडीत जनताको मुक्ति आन्दोलन अझ प्रभावकारी रुपमा अगाडी बढ्ने मौका मिलेको छ । राष्ट्रीय स्वाधिनताको महत्वपूर्ण लडाईलाई साम्राज्यवाद विरोधी आन्दोलनले थप उर्जा प्रदान गरेको छ ।

हालै अमेरिकी नेतृत्व बहुराष्ट्रिय सेनालाई अफगान तालिवानले धुलो चटाई दिई फर्कीन बाध्य बनाएको घटनाले अमेरिकी र उसको गठबन्धनको नराम्रो हारबाट पाठ सिक्न जरुरी छ । यसबाट जनतासंग मिली जनताको साथ सहयोगको सही कार्यदिशा लिएमा जुनसुकै शक्तिलाई पनि परास्त गर्न सक्दछ भन्ने पाठ सिक्नु जरुरी छ । अमेरीकी साम्राज्यवादी ३ खरव डलर र २४०० सेना गुमाएको छ ।

३. नेपाली कम्यूनिष्ट आन्दोलनको संक्षिप्त सिहावलोकन

२००६ साल वैशाख १० गते भारतको कलकत्तामा नेकपा स्थापना भएको थियो । २२ अप्रिल १९४९ कमरेड पुष्पलालको नेतृत्वमा गठन भएको नेकपाले ७२ वर्ष पार गरी सकेको छ । यो ७ दशक लामो कम्यूनिष्ट आन्दोलनले धेरै आरोह – अवरोह, सफलता र असफलता पार गरेको छ । केही गौरव र दुखदायी अनुभव गर्दै गन्तब्यमा अगाडी बढी रहेको छ । नेकपाले जँहानिया निरंकँुश राणाशाषण विरुद्ध ठूलो संघर्ष गर्दै आयो ।

नेपालमा राणाशाषण पछि नेकपाले संगठन विस्तार गर्दै गयो तर पार्टीमा इमान्दार योग्य र क्षमतावानलाई पाखा लगाउदै सुधारवादी, औसरवादी, संसदवादी र राजावादी रुझान भएका ब्यक्तिहरूले पार्टी कब्जा गरे । उनीहरूले सुधारवादी र संसदवादीलाई अगाडी सार्दै गयो र २०१० साल माघ १७ देखि २६ सम्म प्रथम महाधिवेशन भयो र मनमोहन अधिकारीलाई महासचिव छानीए । मनमोहन अधिकारीसंग स्पष्ट दृष्टीकोण थिएन ।

उनी संसदवादी, सुधारवादी थिए र नेकपाको २०१४ सालमा दोस्रो महाधिवेशन भयो । महाधिवेशनले केशरजंग रायमाझीलाई महासचिव निर्वाचीत गरे । रायमाझी पढे लेखेका विद्धान र जमिन्दारका छोरा थिए । उनीसंग सर्वहारा वर्गप्रति इमान्दार थिएनन । उनको श्रमजीवि वर्गीय दृष्टीकोण पनि थिएन । पछि उनी राजावादी भए । २०१७ सालमा राजा महेन्द्रले चालेको कदमलाई स्वागत गर्दै कम्यूनिष्ट पार्टीलाई दरबारमा बुझाए र पछि उनी राजपरिषदको सभापति समेत भए ।

त्यसपछि क्रान्तिकारी कम्यूनिष्ट पार्टीका नेताहरूले, रायमाझी प्रवृतिको विरुद्ध विद्रोह गर्दै नयाँ ढंगले कम्यूनिष्ट पार्टीलाई पूर्गठन गरे तर तेस्रो महाधिवेशनले पनि सही दिशा प्रदान गर्न सकेन । २०१९ साल वैशाख ४ गते दक्षिणपंथी अवसरवादी चरित्रको तुल्सीलाल अमात्य महासचिव निर्वाचित गरे । तुल्सीलाल अमात्य पनि रुसी ख्रुस्चेव संसोधनवादी विचारमा डुवे । पून २०२५ सालमा पुष्पलालले गोरखपुरमा राष्ट्रिय सम्मेलन गरेर पार्टी पूनर्गठन गरेर संसोधनवादी ख्रस्चेव विचारलाई अलग गरे तर क्रान्तिकारीहरूलाई एकतावद्ध र गोलबद्ध गरी जनवादी कार्यक्रमलाई अगाडी बढाउन सकेन ।

त्यसपछि नेपालमा कम्यूनिष्ट पार्टी छिन्नभिन्न हुँदै गयो । जेलमा रहेका मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठले समेत राजालाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गरी जेलबाट छुटेका थिए । २०१७ सालपछि कम्यूनिष्टका नेता तथा कार्यकर्ताहरू पंचायत प्रवेशको लहर चल्यो । २०२८ सालमा मोहन विक्रम सिंह मात्र विना शर्त रिहा भए र उनको नेतृत्वमा २०२८ साल मंसिर २० गते केन्द्रीय न्यूंक्लस गठन भयो ।

२०२८ सालमा स्थापित केन्द्रीय न्यूकल्सले २०३१ सालको आषाढमा भारतको बनारसमा नेकपाको चौथो महाधिवेशन सम्पन्न गरे ।

महाधिवेशनले चीनिया मोडेलको जनवादी क्रान्ति, माओ विचारधारा, वर्गसंघर्ष र सर्वहारावर्गको अधिनायकत्व सम्बन्धित विचार पारीत भए र महाधिवेशनले मोहन विक्रम सिंह महासचिवमा निर्वाचीत गरे । पोलिट ब्यूरोमा मोहन विक्रम सिंह, निर्मल लामा र भक्त बहादुर श्रेष्ठ थिए भने २ दुई जना वैकल्पीक पोलिट ब्यूरो सदस्यहरूमा जय गोविन्द शाह र खम्बा सिंह कुँवर भए ।

केन्द्रीय सदस्यहरूमा चित्र बहादुर केसी खिमान सिंह गुरुङ, खुवि राम आचार्य र सूर्यनाथ यादव भए ।
बैकल्पीक केन्द्रीय सदस्यहरूमा हरी उपाध्याय, गंगाधर घिमिरे, मोहन बैद्य, लालसिह भण्डारी निर्वाचित भएका थिए । नेपालमा क्रान्तिको आशाको रुपमा नेकपा (चौ.म) देखा प¥यो । यो धारको पक्षमा ठूलो क्रान्तिकारीहरूको समर्थन हुंदै आयो ।

मोहन विक्रम महासचिवलाई २०३४ सालमा यौन मुद्दा लागेकोले निलम्बनमा प¥यो र निर्मल लामा लाई महासचिव बनायो । पार्टीमा दुई लाइनको संघर्ष अगाडी बन्दै गयो । (१) २००७ सालको क्रान्ति वा घटना वा असफल विद्रोह ? (२) संयुक्त मोर्चाको कार्य निती (३) जनमत संग्रह बहिष्कार वा उपयोग (४) पंचायती चुनाव बहिष्कार वा क्रान्तिकारी उपयोग (५) नेपाली क्रान्तिको अधिकतम र न्यूनतम कार्यक्रम के हो ? (६) नेपालमा आधारभूत र प्रधान अन्तरविरोधको संग छ ? (७) पार्टीको सांगठानिक सिद्धान्त के हो विषयमा ठूलो मतभेद भई २०३६ सालमा निर्मल लामालाई महासचिवबाट हटायो र सो स्थानमा भक्त बहादुर श्रेष्ठ (शेर सिह) लाई महासचिव बनायो ।

भक्तबहादुर श्रेष्ठलाई महासचिव बनाए पछि निर्मल लामालाई २ वर्षको लागि निलम्बन परे भने मोहन विक्रम सिंह पून अर्को यौन केशमा कारवाही गरीयो ।

पार्टीमा मतभेद चलिरहेको अवस्थामा पार्टी महासचिव भक्त बहादुर श्रेष्ठ पक्राउ परे । यस्तो परिस्थितीमा पार्टीको केन्द्रीय समितिको बैठकमा अन्तरसंघर्ष कुरुक्षेत्रमा परिणत भयो र जय गोविन्द शाह र सूर्यनाथ यादवले संयुक्त राजिनामा दिएपछि केन्द्रीय समिति विघटन भयो ।

मोहन विक्रम सिंह पक्षले २०४० सालको कार्तिकमा तेस्रो राष्ट्रिय सम्मेलनको आयोजना गरी नेकपा (मशाल)को जन्म गरायो र पार्टी भित्रका दक्षिण पंथीलाई निष्काशन गरिएको घोषणा भयो । लामा पक्षले पनि २०४० साल मंसिरमा भारतको दरभंगामा राष्ट्रिय सम्मेलन गरी नेकपा (चोम) जन्मायो ।

मोहन विक्रमको लाइनमा चित्र बहादुर के.सी., मोहन बैद्य, खम्पा सिंह कुँवर, वाचस्पति देवकोटा, चन्द्र प्रकाश गजुरेल, भैरव रेग्मी र आइ श्रेष्ठ थिए भने लामाको पक्षमा जय गोविन्द शाह, सूर्य नाथ यादव, दिल बहादुर श्रेष्ठ, नर बहादुर कर्माचार्य (नेकपा संस्थापक), निरञ्जन चापागाँई, देवेन्द्र लाल श्रेष्ठ र श्याम श्रेष्ठ आदी थिए । यसरी चौमधार र मोहन विक्रम सिंहको विचमा भएको फुटले तितत्ता ल्याई पार्टी फुटेको थियो ।

नेपालमा यसरी पार्टी टुटफुट नेतृत्व विहिन रहेको अवस्थामा भारतको कम्यूनिष्ट आन्दोलनको नेतृत्वले चारु मजुमदार र कानू सान्याल आदीले विद्रोह गरेका थिए । नेपालको पूर्व कोशी प्रान्तीय समिति”मा यस्को सिधा प्रभाव प¥यो जस्को परिणाम शिघ्र क्रान्ति र मुक्तिको नारा घन्कीयो ।

२०२२ साल देखि तुल्सीलाल अमात्यको अवसरवादी चरित्रको कारण मतभेद भई अलग प्रान्तीय कमिटी अस्तीत्वमा रहेको थियो र यो समिती भारतको नक्शलवादी आन्दोलनको प्रभावमा परी शसस्त्र क्रान्तिको लाइनमा पुग्यो र २०२५ साल वैशाख १० गते सो प्रान्त्तीय समिति अन्तर्गतका झापा जिल्ला समितिले वर्गशत्रु सखाप पार्न शसस्त्र संघर्षमा होमिने निर्णय गरे । गुरिल्ला संघर्षलाई प्राथमिकतामा राख्यो ।

यो निर्णय गर्नु अगाडी नै झापा जिल्ला समितिका सदस्यहरूले भारतका नक्शलवादी नेताहरूसंग भेटवार्ता गरेका थिए । नेकपा पूर्वकोशी प्रान्तीय समिती दक्षिणपंथी सँसोधनवादको शिकार भईसकेको र जिल्ला समिति झापा भारतको नक्शलवादी आन्दोलनको यान्त्रीक शिकार भईसकेको थियो ।

यस्तो अवस्थामा माक्र्सवादी लेनिनवादी सच्चा क्रान्तिकारी आन्दोलनलाई ब्यवस्थापन गर्नु आदि जरुरी थियो । भारतका नक्शलवादी आन्दोलनको “One Man, One Unite, One Sqad, One Action” को राजनितीले गर्दा ठूलो दुस्साहसवादको भुङग्रोमा फस्यो ।

झापा जिल्ला समितिले वर्ग शत्रु खतम अभियान अन्तर्गत धर्म प्रसाद ढकाल र ज्ञान प्रसाद ढकाल (बाबु छोरा) सामन्त कर्ण बहादुर गौतम दुवागरो, विष्णु प्रसाद विमली, गरामनी रूद्रकान्त राजवंशी गरामनी, बुटन चौधरी सालबारी, ईश्वरी चुडाल गरमनीलाई खुकुरी र गोलिको शिकार बनाए ।

झापालीहरूको ब्यक्तिहत्या राजनीतिको विरुद्ध तत्कालीन पंचायती सरकारले नादिर शाही दमन चलाई नेत्र घिमिरे कृष्ण कुइकेल, रामनाथ ढकाल, विरेन राजवंशी, नारायण श्रेष्ठ, चन्द्रबहादुर डागीलाई सुखानी जंगलमा साउन २० गते र त्यसै वर्षको कार्तिक ४ मा गोली हानी हत्या ग¥यो । गिरफ्दारी परेका मध्ये पंचायती सरकारले मोहन चन्द्र अधिकारी, अमर अधिकारी, मन कुमार गोतम दुर्गा अधिकारी, सि.पी मैनाली, आके मैनाली, के.पी ओली आदीलाई १४ वर्ष जेल सजाय ताकेको र जेल भुक्तानी गरी रिहाई भएका थिए । यसरी खोज्दै र अनुसन्धान गर्दै जाँदा नेपालमा आफूलाई थप सच्चा कम्यूनिष्ट बताउने घटकहरू धेरै छन् ।

झापा विद्रोहको फौजी लाइन एकहतसम्म क्रान्तिकारी थिए तर सारमा उग्रवामपंथी भडकाव थियो यसै विचारधारा अन्तर्गत कोअर्डिनेशन हुंदै २०३५ सालमा नेकपा (माले) को जन्म हुन पुग्यो । यो भन्दा अगाडी २००९ सालमा पश्चिम नेपालमा भीमदत्त पंतको नेतृत्वमा किसान विद्रोह भयो र उनलाई भारतीय सेनाले टाउको काटी मारे ।

२०१६ सालमा धादिङको खनियावासमा दामन पाख्रिनको नेतृत्वमा दशौ हजारको किसानले जाली तमसुक जलाइएका थिए । २०३४ सालमा चितवनको जुगेडी र २०३५ मा चितवनमा नै जुटपानीमा किसान विद्रोह भएका थिए । २०४६ सालको जनआन्दोलनले पंचायत अन्त्य गराई दिए ०५२ साल फागुन १ गतेदेखिको जनयुद्धको जगमा ०६२÷०६३ को जन आन्दोलनले २४० वर्षको निरकुश राजतन्त्र अन्त्य गराए ।

कम्युनिष्ट आन्दोलनको विभाजन टुटफुटका दृष्टीले जुन नियती भोग्दै छ त्यो ज्यादै दर्दनाक छ । कम्युनिष्ट पार्टीमा किन विचलन देखापरे । यो गम्भीर विषय हुन गएको छ । २००६ सालमा भारतको कलकत्तामा स्थापना भएको नेकपाले २०७८ साल पुग्दा किन क्रान्ती सफल गर्न सकेन ? यसको वैज्ञानिक कारणहरू के के हुन् ? यस्को निर्मम समिक्षा गर्नु जरुरी छ र निश्कर्षमा पुग्नु पर्दछ ।

२०३५ सालमा पाकिस्तानको प्रधानमन्त्री जुल्फीकर अली भुट्टोलाई फांसि दिए पछि निस्केको विशाल जुलुसले पंचायती ब्यवस्था विरोधी जन आन्दोलनको रुप लियो र राजा विरेन्द्रले जनमत संग्रहको घोषणा हुन पुग्यो । पछि जनमतमा बहुदलको निलो चिन्ह र पंचायतको पहेलो चिन्ह थियो र जनमत संग्रहमा अरबौ रुपैयाँको चलखल गरी तत्कालीन प्रधानमन्त्री सूर्य बहादुर थापाले धाँधली गरी पंचायती ब्यवस्थालाई जिताई दियो । देशको जंगल सखाप पारी दियो र लुटतन्त्रको विकास ग¥यो ।

त्यसपछी २०४६ सालमा नेपाली काँग्रेसको नेत्ृत्वमा सात वामपंथीको संयुक्त एकतामा संयुक्त जनआन्दोलन गणेशमान सिंहको घरबाट उद्घोष गरियो र पंचायती ब्यवस्था ध्वस्त भए । त्यस्तै २०५२ साल फाल्गुन १ गते शुद्ध भएको जनयुद्धले १० वर्ष निर्णायक युद्धमा परिणत त भए तर चुनवानको बैठक पछि माओवादी जनयुद्ध यूटर्न (U Turn) भयो र सात संसदवादी दल र माओवादी मिली २०६२÷०६३ मा संयुक्त जनआन्दोलन भए जस्को परिणाम २४० वर्षको लामो निरकुंश राजतन्त्रको अन्त्य भयो ।

४. कम्यूनिष्ट क्रान्तिकारी सत्ताहरू किन पतन भए ? यसको वैज्ञानिक कारणहरू के के हुन् ?

वैज्ञानिक समाजवादी ब्यवस्थामा दलाल पूँजीवादका अवशेष बाँकी नै हुन्छ । त्यस वस्तुगत अवस्थाले चेतनालाई प्रभाव पारी नै रहेका हुन्छन् । पूँजीवादले विकास गरेका निजी सम्पतीजन्य संस्कृति पनि समाजवाद सम्म आइपुग्छ । समाजवाद कायम नहुँदा सम्म पूँजीवादले विभिन्न तरिकाले भत्काउन हर प्रयास गरि रहन्छ ।

वस्तुगत रुपमा समाजवादी सत्तालाई नकारात्मक प्रभाव पार्ने परिस्थितीहरू पैदा हुन्छन् । विश्वमा समाजवादी सत्ता बाहिरबाट प्रहार गरेर ढलेको कदापि होइन बरु पार्टी र सत्ता भित्रबाटै संशोधनवाद घुसेर छदम पूँजिवादले सत्ता र पार्टी भित्र विना रक्तपातै समाजवाद ढाल्न पुगेको हो ।

समाजवादको असफलताको सवालमा कम्यूनिष्ट आन्दोलनको आत्मगत अवस्थाको गम्भीर अध्ययन र अनुसन्धान हुन जरुरी छ । सर्वहारा – श्रमजीवि जनतालाई शक्तिशाली बनाउँने र सत्ता माथी उनीहरूको नियन्त्रण र पहुँचलाई बढाउदै लैजानुको सट्टा सर्वहारावर्गिय शक्तिको नाउँमा निरंकुश तानाशाही लादीन पुग्यो । सर्वहारा–जनवाद नाममात्रको संकुचितमा पारियो । पेटलाई भर ओठलाई बन्द गर भन्ने निति लियो ।

मानव समाजमा गास, बास, कपास र स्वास्थ्य शिक्षा रोजगारी पछि अभिव्यक्ति स्वतन्त्रता र शाषण सत्ताको निर्णय प्रक्रियामा सहभागी अत्यन्त महत्वपूर्ण मानिन्छ ।

समाजवादी संविधान अन्तर्गत समाजवादी ब्यवस्था र समाजवादी सत्ता निर्माणमा सक्रिय लागि रहेका सर्वहारा – श्रमजिवी जनताको बोल्ने, लेख्ने सभा संगठन गर्ने र भिन्न मत राख्ने जस्ता मौलिक अधिकारलाई संकुचित र नियन्त्रण गर्नु समाजवाद असफलको अर्को कारण हो । अन्तरपार्टी जनवादलाई निषेध संकुचित र दमनवादी गर्ने होइन । कम्यूनिष्ट पार्टीको सर्वोच्च अंग महाधिवेशन हो । महाधिवेशनको सेरोफेरोमा मात्र छलफलको फोरम खोली बहस र छलफल गर्न पाइन्छ ।

अन्य बेलामा वृहत वैचारिक राजनैतिक छलफलको परिपार्टी नहुने हुँदा समाजवाद रक्षाको लागि तयार नहुने हुंदा यस्ता दस्ता जन्मीने कुरै भएन । त्यसकारण क. माओले अन्तरपार्टी जनवादलाई फराकिलो पार्दै जानु पर्छ भन्नु भयो ।

मजदुरहरूलाई हडताल गर्न पाउने अधिकार हुनुपर्छ । सबै फुलहरूलाई फूल्न देऊ भन्ने निती लिनु पर्छ । एउटै सर्वहारा– श्रमजीवि पार्टीमा अभिजात वर्गको उदय भयो । एउटै पार्टीमा दुई वर्ग देखिए । एउटा सुख सयल र अर्को खाना लाउँनको समस्या देखियो । त्यस्को विरुद्ध विद्रोह गर्दा उल्टो दमन गरियो र जस्को परिणाम क्रान्तिकारी सत्ताहरू पत्तन भए । जनवाद र केन्दीयतालाई सन्तुलनमा प्रयोग गर्न जानेनन र जनतामा समाजवाद प्रति आक्रोस पैदा भयो र वितृष्णा पैदा भयो । सर्वहारा वर्गको पार्टी तानाशाही र एकदलिय पार्टीको रुपमा विकास भए ।

(५) वैज्ञानिक समाजवादको विषेशता Character of Scientific Socialism

वैज्ञानिक समाजवादका मुख्य दुई शब्दहरू छन् वैज्ञानिक र समाजवाद । वैज्ञानिक यो मानेमा छकि यो काल्पनिक होइन । यो समाज विज्ञानका नियमका आधारका बनाइने समाजवाद हो । विज्ञान र प्रविधि नै मुख्य उत्पादक शक्ति भएको युग भएकोले विज्ञान र प्रविधिमा आधारीत भएर बनाईने हुनाले पनि वैज्ञानिक छ । समाजवादको सार हो समाज हावी हुने ।

वैज्ञानिक समाजवादको मुख्य विशेषता भनेको सर्वहारा – श्रमिक जनताले सत्तामाथी नियन्त्रण गर्ने प्रणालीको विकास गर्ने र त्यसको लागि राज्य सत्ताको स्थायी संयन्त्रहरूलाई जन अनुमोदित गर्ने प्रणालीको विकास गर्दै जानु पर्छ । सर्वहारा – श्रमिक जनतालाई आफ्नो सम्पूर्ण राजनीतिक सरोकारको विषयमा आफैले निर्णय गर्ने गराउने परिपाटीको विकास गर्दै जानु पर्छ । यसले गर्दा पार्टी र सत्ता शाषक बन्ने र आम सर्वहारा – श्रमजीवि निरिह शासित बन्ने अवस्था रहदैन ।

राजनीतिक प्रतिनिधी मात्र होइन । स्थायी सत्ताका प्रशासक, न्यायलयका न्यायधिश लगायतका अंगहरूको समेत सर्वहारा – श्रमिक जनताले अनिवार्य रुपमा अनुमोदन गर्नुपर्ने र फिर्ता बोलाउन सक्ने प्रणालीमा समेत विकास गर्नु पर्दछ । सारमा सर्वहारा–श्रमजीवि जनताले समाजवाद संचालन गर्ने र राज्यलाई नियन्त्रण गर्ने प्रणालीको विकास गर्नुपर्दछ ।

(६) रणनीतिक संयुक्त मोर्चा सम्बन्धि धारण

विश्व भूमण्डलीकृत भईसकेको सन्दर्भमा विज्ञान प्रविधिले ठूलो फटको मारेको स्थितीमा कम्यूनिष्ट क्रान्तिकारीहरूको विच सम्पर्क समन्वय र एकिकृत गरी अगाडी बढने मौका मिलेको छ ।

विश्व क्रान्तिलाई अगाडी बढाउँन कम्यूनिष्टहरूले अन्तर्राष्ट्रिय क्रान्तिकारी केन्द्र बनाउन पहल गर्नुपर्ने जरुरी देखिन्छ ।
दक्षिण एशियाली मुलुकमा रहेका क्रान्तिकारी कम्यूनिष्टहरूको बिच आवश्यक संयन्त्र बनाउन पहल लिने र आजको भूमण्डलीकृत साम्राज्यवाद विरुद्ध उभिन कुनै पनि शक्ति र क्रान्तिहरू संग संयुक्त मोर्चाको निर्माण आवश्यक छ ।

भूमण्डलीकृत पूजीवादको विरुद्ध लडन चाहने कुनैपनि शक्ति र पार्टी र सरकारसंग पार्टी संयुक्त मोर्चाको अभ्यास गर्ने । राष्ट्रिय स्वाधीनताको रक्षा, जनजिविका र जनअधिकारको पक्षमा आउने कुने पनि शक्तिसंग एकिकृत गर्दै उत्पीडीत वर्ग, क्षेत्र, समुदाय, जातीसंग एक्वीवद्धता कायम गरेर साम्राज्यवाद विस्तारवाद र सबै खालका प्रतिक्रियावादी विरुद्ध गोलबद्ध गर्ने संयुक्त मोर्चाको निती हुनेछ ।

कम्यूनिष्ट नेतृत्व कार्लमाक्र्सले भने बमोजिम राज्य सत्तालाई आम सर्वहारा श्रमजीवि जनताले नियन्त्रण गर्ने प्रणालीको विकास गराउने र त्यस अनुरुप राज्य श्रमजीवि जनताको सेवामा कटिवद्धता र त्यो श्रमिक जनताको शाषक नवनोस ।
कम्यूनिष्ट पार्टीको नेतृत्व वर्गसंघर्षको भट्टीबाट जन्मीन्छ । नेतृत्व इतिहासको आवश्यकताले जन्मीन्छ ।

समाजमा विद्यमान वर्गसंघर्षमा जस्ले आफूलाई विभेद उत्पीडनको विरुद्ध र न्याय र समानताको पक्षमा आफूलाई उठाउछ र राजनितिक एवं सामाजिक विकासको प्रक्रियामा त्यही ब्यक्ति नै नेतृत्वका रुपमा उदय हुन्छ ।
यो आवश्यकता र आकस्मीकताको द्वन्द्ववादमा आधारीत हुन्छ । कम्यूनिष्ट नेतृत्वको गुणलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

१. कम्यूनिष्ट नेतृत्व माक्र्सवादको आधारभूत सिद्धान्तमा स्पष्ट हुन जरुरी छ ।
२. कार्यदिशाको बारेमा स्पष्ट हुनु जरुरी छ ।
३. कार्यनिती र रणनिती के हो ? त्यसप्रति इमान्दार हुनु पर्छ ।
४. आफ्नो वर्ग प्रति इमान्दार र दृढ हुनुपर्छ ।
५. परिस्थितीको सही मुल्याङकन गर्न सक्ने हुनु पर्छ । लेनिनवादी संगठानिक ज्ञान हुनुपर्ने छ ।
६. नेतृत्व गतिशिल र द्वन्द्ववादी हुनुपर्छ ।
७. अन्तरविरोधको सटिक ब्याख्या र विशलेषण परिचालन र समाधानका निपुण हुनु पर्दछ ।
८. जनवादी केन्द्रीयताकाको अभ्यासमा कुशल हुनु पर्दछ ।
९. नेतृत्व रणनितीमा दृढता र कार्यनितीमा लचकता हुनु पर्छ ।
१०. सामुहिक निर्णय र निर्णयको कार्यान्वयमा दृढताका साथ प्रभावकारीमा लाग्नु
पर्छ ।
११. पार्टी भित्र विभिन्न विचारहरूको बहसलाई मित्रता पूर्वका खुला राख्दै क्रान्तिकारी विचारको लागि उत्साह दिने ।

(७) कम्यूनिष्ट पार्टी संगठन

कम्युनिष्ट पार्टीले आफ्नो लक्ष्य प्राप्त गर्ने गरी समाजका विभिन्न वर्ग र समुदायलाई कम्यूनिष्ट पार्टी वरिपरी गोलबन्द गर्नु पर्दछ । जनवर्गिय र मोर्चा ती हुन जस्ले जनताका विभिन्न जन वर्गलाई कम्यूनिष्टको लक्ष्यको साधकको रुपमा प्रयोग गर्नु पर्दछ ।

कम्यूनिष्ट संगठन सर्वहारा – श्रमजीवि वर्गको अग्रदस्ता (Venguard) हो । मालेमावादको आधारभूत सिद्धान्तलाई सृजनात्मक रुपमा वस्तुसापेक्षतामा निरन्तर सर्वहारा श्रमिकको हित र स्वार्थमा प्रतिवद्धता सहित समर्पित पेशेवर – पूर्णकालीन क्रान्तिकारीहरूको (WT) नै पार्टीको मूल आधार हो । पार्टीको सबै तह र मोर्चा र जबसमा पार्ने, आवधिक जिम्मेवारी प्रणालीको विकास गर्नु पर्दछ ।

पार्टीमा नयाँ सिर्जनशील प्रतिभा भएकाहरूलाई अवसर दिई योगदान गर्ने मौका दिनु पर्छ । पार्टीको भेला सम्मेलन र महाधिवेशन गरेर आम निती पास गराउनु पर्छ र आमनितीलाई दृढताका साथ लागु गर्दै जानु पर्दछ । पार्टी जबस मोर्चा तथा पार्टीको सबै तहलाई स्वायत्ता दिने प्रणालीको विकास गराउदै जानु पर्दछ । यस प्रणालीलाई क्रमश पार्टीको सबै तहमा बैचारीक राजनीतिक चेतनास्तर उकास्न स्कूलीङ विभाग मार्फत प्रशिक्षणलाई अगाडी बढाउदै जानु पर्दछ ।

पार्टीमा युवा, प्रोढ र पाको पुस्तालाई खास खास जिम्मेवारी र अनिवार्य रुपमा महत्वपूर्ण स्थानमा समावेशी समानुपतीक रुपमा प्रतिनिधित्वको ब्यवस्था गर्नुपर्दछ ।

महिला दलित, मुस्लीम जनजातीलाई प्राथमिकतासाथ मातहतको संगठन र पार्टीमा आवद्धता गराउनु पर्दछ ।
सरोकारवाला संगठनमा महिलालाई अनिवार्य प्रतिनिधीत्वको ब्यवस्थाको विकास गराउनु पर्नेछ । सरोकारवाला संगठनलाई चुस्त दुरस्त बनाई स्वतन्त्र पूर्वक – निर्णय गर्ने प्रणालीको विकास गराउँने र पार्टीलाई निरंकुश हुनबाट रोक्ने प्रणालीको विकास गराउदै जानु अनिवार्य छ ।

कम्यूनिष्ट पार्टीको निम्नानुसारका संगठनको रुपमा ब्याख्या गर्न सक्छौ ।
(१) खुला र बैधानिक संगठन
(२) भूमिगत र अवैधानिक संगठन
(३) फौजी र गैर फौजी संगठन
(४) संयुक्त मोर्चा
(५) जनवर्गिय संगठनहरू
(६) उत्पीडीत मोर्चाहरू
(७) सामाजिक संगठनहरू
(८) क्रान्तिका ३ (तिन) जादुगरी हतियार क.मा ओले जनवादी क्रान्तिको समयको एउटा कम्यूनिष्ट पार्टीसंग ३ जादुगरी हतियार हुनुपर्ने मान्यता अगाडी सारे । ३ तिन जादुगरी हतियार निम्न छन् ।
१. क्रान्तिकारी कम्यूनिष्ट पार्टी
२. क्रान्तिकारी नयाँ जन सेना
३. संयुक्त मोर्चा

(८) अनुशाषणका ३ नियम

क.माओले कम्यूनिष्ट क्रान्तीवादीहरूले पालन गर्नुपर्ने ३ तिन नियम र ध्यान दिनु पर्ने आठ कुरालाई निम्नानुसार संस्लेषण गरेका छन् ।

(१) आफ्नो सबै काममा पार्टी आदेशको पालन गर
(२) जनताबाट सित्तैमा एउटा सियो र धागोको टुक्रा पनि नलेऊ ।
(३) दुश्मनबाट कब्जा गरेका प्रत्येक सामान पार्टीलाई बुझाऊ ।

(९) ध्यान दिनुपर्ने आठ कुराहरू

(१) नम्र भएर बोल (२) आफूले किनेको मालको सुपथ मोल तिर (३) आफूले पैचो लिएको प्रत्येक सामान फिर्ता गर (४) आफूले बिगारेको जुनसुकै सामानको मोल तिर (५) जनतालाई कुटपिट र हप्काउने दप्काउने काम नगर (६) बाली नविगार (७) महिलाहरूसंग छाडा व्यवहार नगर ।

(१०) पार्टी सदस्यताको योग्यता

कम्यनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु सामान्य विषय होइन र कम्यूनिष्ट समाजवाद – साम्यवादी विचार र ध्येय प्रति प्रतिवद्ध र आफ्नो वर्ग प्रति इमान्दार र निष्ठावान हुन पर्दछ । कम्यूनिष्ट पार्टीको सदस्य प्राप्त गर्न एकजना ब्यक्तिले निम्न शर्त पूरा गरेको हुनु पर्दछ ।

(क) पार्टीको निती विचार, विधान, सिद्धान्त र कार्यक्रम मान्नु पर्ने ।
(ख) पार्टीलाई मासिक ले.वि. तिर्नुपर्ने ।
(ग) पार्टीलाई कुनै कमिटीमा आवद्ध हुनुपर्ने ।
(घ) पार्टीको काममा सक्रिय हुनुपर्न ।
(ङ) जनवादी केन्द्रीयतालाई मान्नु पर्ने ।

(११) जनवादी केन्द्रीयतालाई ६ बुँदामा उल्लेख गर्न सकिन्छ ।
(१) ब्यक्ति संगठनको अधिनस्थ हुन्छ ।
(२) अल्पमत बहुमतको अधिनस्थ हुन्छ ।
(३) तल्लो कमिटि माथिल्लो कमिटिको अधिनस्थ हुन्छ ।
(४) पार्टीका सम्पूर्ण कमिटिहरू केन्द्रीय कमिटीको अधिनस्थ हुन्छ ।
(५) केन्द्रीय समिति महाधिवेशनको अधिनस्थ हुन्छ ।
(६) महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरूको अधिनस्थ हुन्छ ।

(१२) पार्टीको संगठनात्मक सिद्धान्त

जनवादी केन्द्रीयताको सिद्धान्त नै सांगठानिक सिद्धान्त हो । जनवादी केन्द्रीयताको संगठानात्मक पक्षमा ब्यक्ति संगठनको मातहतमा हुनु पर्छ । अल्पमत बहुमतको मातहतमा हुनुपर्छ । तलको सम्पूर्ण कमिटी तथा ब्यक्ति माथिल्लो कमिटीको मातहतमा हुनु पर्दछ र सम्पूर्ण कमिटी तथा तलको कमिटी केन्द्रीय समितिको मातहतमा हुनु पर्दछ । केन्द्रीय समिति महाधिवेशन प्रति उत्तरदायित्व हुनुपर्नेछ ।

(१३) पार्टीमा अभिव्यक्तिको स्वतन्त्रता कामकारवाहीमा एकरुपता हुनु पर्दछ ।

पार्टीमा भित्र र सम्पूर्ण ज.वसमोर्चामा विचार सिद्धान्त निती निर्माणमा निर्धक्क आफ्नो मत राख्ने वातावरण हुनु पर्दछ र विचार र निर्माणमा ब्यापक छलफल र मन्थन पछि मात्र निर्णयमा पुग्ने परिपार्टीको विकास गर्नु पर्दछ ।

जनवादी केन्द्रीयतालाई आत्मसाथ गरेर अन्तरपार्टी संघर्षलाई सही तरिकाले मित्रतापूर्वक संचालन गर्न सकिन्छ । हरेक अन्तरविरोध र अन्तरसंघर्ष भनी बुझ्नु हुँदैन । संघर्ष र भिन्न मतलाई दुई लाइनको छलफल वहस द्वारा हल गर्नुपर्दछ ।
कुनै विषयको छलफल र वहसले निश्चित समय सम्म अन्तरविरोध विकसीत भई लाइनको अगाडी आउँदा समस्या देख्ने अर्को अतिवादी गल्ती हुनेछ ।अन्तरसंघर्ष र अन्तरपार्टी संघर्ष दुईलाइन संघर्ष भनि बुझनु गलत हुन्छ ।

त्यसकारण अन्तरपार्टी संघर्ष र भिन्न मतलाई निषेध र षडयन्त्र गरेर अगाडी बढयो भने झन विकृती विसंगती जन्मीन्छ र झन समस्या थप्दै जान्छ । सत्यको खोजविन अनुसन्धान गर्ने उद्देश्य सहित पार्टी भित्रको अन्तरसंघर्षलाई एकता–संघर्ष–रुपान्तर गर्दै मुख्य रुपान्तरमा जोड दिनु पर्छ र नयाँ विचारको उच्चाईमा लैजाने वैज्ञानिक निती विधी अपनाउनु पर्दछ । अर्को आलोचना–आत्मलोचना विधी अवलम्वन गर्नुपर्दछ । यो विधि पार्टीमा लगातार विकास गर्दै जानु पर्दछ ।

विचार अभिव्यक्ती गर्ने, आलोचना–आत्मालोचना विधिले कम्यूनिष्ट पार्टी फलामे अनुशाषणको रुपमा विकास हुंदै जान्छ ।
आत्मलोचना – स्वआलोचनाको विधि भनेको व्यक्तिलाइ खुल्याउन र सिध्याउन खोजेको विधि होइन बरु व्यक्तिकाे कमजोरीलाई सच्चाउँन सहयोग गर्ने विधि हो ।

(१४) कम्यूनिष्ट आचरण

पार्टीको प्रत्येक तह र पार्टीद्वारा संचालित संगठनहरू सर्वहारा – श्रमजिवी वर्ग लगायत शोषित पिडीत उत्पीडीत वर्गतिर फर्किनु पर्दछ । विशाल श्रमजीवि वर्गमा आधारीत पार्टी बन्न सक्नु पर्दछ । कम्यूनिष्टहरू राजनितिक र सांस्कृतिक रुपमा असल आचरण हुनै पर्दछ । कम्यूनिष्टहरू षडयन्त्रकारी र गैर माक्र्सवादी हुनु हुंदैन । पार्टी भित्र गलत कार्यशैली लिई आर्थिक अपचलन गरी (हिनामीना) भ्रष्ट आचरण देखाउनु हुंदैन ।

त्यसैले पार्टी भित्र र बाहीर आर्थिक पारदर्शिता वैज्ञानिक लेखा प्रणालीको विकास गराउदै जानु पर्दछ ।

(१५) राष्ट्रिय स्वाधिनता सम्बन्धि संक्षिप्त धारण

साम्राज्यवादी र विस्तारवादी शक्तिहरूको मिलोमतोमा नेपालको सिमा मिच्ने सिमानाका जनताको हत्या गर्ने, तुइन काटी निर्दोष नागरीक वेपत्ता पार्ने जस्ता जघन्य मानव अधिकारीको उलंघन गरेको छ । सन् १९५० लगायत थुप्रै असमान सन्धीले नेपालको स्वतन्त्रता र स्वाधिनता माथी गम्भीर आँच (चुनौती) थपेको छ । बहुराष्ट्रिय कम्पनीहरूले नेपालको प्राकृतिक स्रोत साधनलाई कब्जामा लिई आर्थिक दोहन गरी रहेको छ ।

साम्राज्यवादी दलाल पूँजिवादी व्यवस्थाले नेपालको शिक्षा, स्वास्थ्य, संस्कृति, धार्मिक आदी क्षेत्रमा ब्यापक अतिक्रमण गरी ध्वस्त गर्दै छ । राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको रक्षाको मुद्दा सोझै दलाल पूजिवाद र विस्तारवाद तिर सोझिएको छ । अब सिमानाको रक्षा र असमान सन्धिहरूको खारेजी जस्ता मुद्दालाई दलाल पूँजिवाद र विस्तारवाद विरोधी संघषलाई देशभक्त तथा जनवादी शक्तिहरूले एकजुट भई अगाडी बढनुको विकल्प छैन ।

(१६) नेता-कार्यकर्ता सम्बन्धि धारणा

कम्यूनिष्ट आन्दोलनमा विचार र ब्यवहार सर्वहारा हुन अनिवार्य छ । भौतिक सर्वहाराकरण माथि देखि तलसम्म हुन आवश्यक छ । पुरानो गैरसर्वहारा आचार व्यवहार सम्बन्धमा पूनर्विचार गर्नुनै पर्दछ । गैरसर्वहारावर्गिय आर्थिक आधार खडा गर्दै मुल नेताहरू नै विलासीताको घर गाडी जोडन र विलासीमा डुवी कम्यूनिष्ट आन्दोलनलाई नै विसर्जन गर्न पुगे ।

सर्वहाराकरण सम्बन्धि माक्र्सवादी विश्व दृष्टीकोण अनुसार व्यवहार–आचरण दृढताका साथ लागु गर्न प्रण गर्नु पर्दछ । यसबाट शिक्षा लिई कम्युनिष्टकरण र कार्यकर्ताको ब्यवस्थापन सम्बन्धि छुट्टै नीति बनाउनु जरुरी छ । त्यसकारण मालेमावादीको विश्व दृष्टीकोणलाई निरन्तर तिखो बनाउदै जानु पर्दछ । ठूलो ठूलो जोखिम मोलेर आफ्नो वर्गको स्वार्थसंग एकाकार हुंदै निरन्तर लागि रहनु पर्दछ ।

भौतिकवादी आचरणहरूलाई अझ बढी वैज्ञानिक बनाउँदै सर्वहारा – श्रमिकवर्ग महिला – दलित उत्पीडीत समुदाय मैत्री बनाउँदै जानु अनिवार्य छ । रुढीवादी, भाग्यवादी, कर्मवादी, धार्मिक अन्धतावादी भ्रष्टपूजिवादी सांस्कृतिक आचरण र अध्यात्मीक विचारलाई ब्यवहारमा त्याग्दै जानु पर्दछ ।

पूर्णकालिन (WT) नेता तथा कार्यकर्ताको परिवारलाई कसरी आत्मनिभर बनाउने र आधारभूत जीविकालाई कसरी ब्यवस्थापन गर्ने भन्ने विषयलाई बस्तुवादी र वैज्ञानिक निती बनाउन तत्काल पहल गर्ने ।

(१७) नविन बैज्ञानिक वस्तुवादी “शसस्त्र जन विद्रोह” सम्बन्धि राज्नितीक कार्यदिशा

शसस्त्र जनविद्रोहको “राजनितीक कार्यदिशा” (General Political Line) को आधारमा शिक्षा निति, साँस्कृतिक निति, पर्यावरण निती, जनसंख्या निति, आप्रवासी नेपाली श्रमिक निती, परराष्ट्र नीति, कृषि तथा पशुपालन नीति, स्वास्थ्य नीति आदी ठोस कार्यक्रम बनाई अगाडी बढाईने छ ।

(१८) पार्टी विधान

नेकपा एकिकृत माओवादीको छुट्टै विधान तर्जूमा गरिने छ । पार्टी नियमावली र अन्तरपार्टी निर्देशन, आर्थिक निति, आचरणसंहिता माथी टेकेर पार्टी सदस्यहरूको नीति बनाईनेछ ।

(१९) आजको भुमण्डलीकृत सामाज्यवाद (Globalized Imperialism) 

सर्वप्रथम साम्राज्यवाद तत्कालीन व्रिटिस प्रधानमन्त्री वेन्जामिन डिजराइलीले सन् १८७० मा शुरु गरेका थिए । पहिलो विश्वयुद्ध शुरुबाट पश्चिमी देशहरुको पूजिवाद एशिया तिर फैलिएको थियो ।

त्यसपछि नयाँ साम्राज्यवाद विशेष गरी अमेरिका र जापानले १९ र २० शताव्दीमा शुरु गरे । लेनिनले साम्रज्यवाद भनेको पूजिवादको उच्च रुप हो भनेका छन र यो कमजोर गरिव राष्ट्रलाई शक्ति र हिँसाको वलमा अधिनमा राख्नु सामाज्यवादको मूल चरित्र हो ।

लेनिनले यसलाई सडेगलेका पूजिवाद पनि भनेका छन । साम्राज्यवादीहरुले विश्व पूजीवादी व्यवस्थालाई विकास गर्न उपनिवेशहरुको विकास गरे । उनीहरु विच राष्ट्र र राज्यलाई जित्नु होडवाजीबाटै विश्वमा उपनिवेशहरु फैलिएका थिए । बेलायत, फ्रान्स, पोर्तुगल, वेल्जीयम आदि देशरु साम्राज्यवादी मूलुकहरु बने ।

(२०) साम्राज्यवादको विशेषताहरु

क) पुँजी निर्यात
पूजिपतिहरु एकाधिकार भएपछि देश भित्र वस्न सकिदैन । त्यसकारण उनीहरुको चरित्र अन्तर्राष्ट्रिय हुन्छ । कमजोर गरिव मुलुकमाथी सैनिक हस्तक्षेप गरी त्यहाँको स्रोत साधन हडप्छन् । यदि त्यसो गर्न नसकेमा श्रमशक्ति र कच्चा पदार्थ ल्याएर उत्पादीत माल वस्तु तिनै गरिव देशहरुमा निर्यात गर्दछ ।

त्यसवाट प्राप्त गरेको नाफा तिनै मुलुकहरुलाई चर्काे व्याजमा लगानी गरी पूँजीको निर्यात गर्दछ । विभिन्न मुलुकहरुमा दिने व्याजदर फरक फरक खालको हुन्छ । उनीहरुले तेस्रो विश्वका गरीव देशहरुमा पूँजी निर्यात (लगानी) गरी चर्का ब्याज असुल्छन ।

ख) साम्राज्यवादी विच विभाजन

वजारको प्रतिस्पर्धाको कारण साम्राज्यवादीहरु विच अन्तरविरोध पैदा हुन्छ । उनीहरूले शुरुमा पूँजीको अनुपात र शक्तिको आधारमा विश्वको भागवण्डा गर्दछन ।

पूँजीको निर्यात र प्राकृतिक स्रोत साधनहरुको नियन्त्रणका लागि साम्राज्यवादी शक्रिहरु विच होडवाजी शुरु हुन्छ । पहिल्यै वजार कब्जा जमाई सकेकोले आफ्नो अधिपत्य छोड्न मान्दैनन । गरिव अविकसित कमजोर मुलुकको वजार कच्चा पदार्थ, श्रमशक्ति र पूजी वजार नियन्त्रण गर्न होडवाजीले गर्दा साम्राज्यवादी शक्तिहरु विच ठूलठूला द्धन्द हुन्छ र साम्राज्यवादी शक्ति विच विभाजन समेत हुन्छ ।

(ग) नेपाली समाजको वर्ग विश्लेषण

नेपाली समाजको ठोस विश्लेषण गरी निम्नानुसारको वर्ग विश्लेषण गरीएको छ ।
आर्थिक दृष्टीले नेपालमा १० थरिको वर्ग रहेको छ ।
१. दलाल पूँजिपति वर्ग
२. समान्त वर्ग
३. राष्ट्रिय पूजिपति वर्ग
४. सुदखोर वर्ग
५. माफिया वर्ग
६. श्रमिक वर्ग
७. मध्यम वर्ग
८. मजदुर÷सर्वहारा वर्ग
९. गरीव किसान वर्ग
१०. भूमिहिन सुकुम्बासी वर्ग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार