(१) विश्व कम्युनिस्ट आन्दोलनले १७४ वर्ष पार गरिदै छ र कम्युनिस्ट आन्दोलनको प्रारम्भ सन् १८४७ मा जर्मन अप्रपासीहरुले फ्रान्समा न्यायिक लिग गठन गरेका थिए । सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित भयो ।
यसको पहलकर्ता स्वयम माक्र्स र एङ्गेल्सले गर्नुभयो । उहाँहरुकै पहलमा सन् १८६४ मा पहिलो अन्तर्राष्ट्रिय गठन भयो । यस अवधिमा कम्युनिस्ट आन्दोलन पुरै युरोप र अमेरिकामा फैलिन सक्यो । सन् १९९५ मा एङ्गेल्सको निधनसँगै यसको क्रान्तिकारी चरण अन्त्य भयो ।
(२) सफलता र लोकप्रियता
रुसमा बोल्सेभिक पार्टीको नेतृत्वमा सन् १९१७ मा महान अक्टोबर क्रान्ति सम्पन्न भयो । रुसमा बैज्ञानिक समाजवादी व्यवस्था स्थापना भएपछि कम्युनिस्ट पार्टीको प्रभाव र लोकप्रियता बढ्यो । दोस्रो अन्तर्राष्ट्रिय संशोधनवाद पराजित र पतन भयो भने वैज्ञानिक समाजवाद सफल हुन पुग्यो ।
लेनिनको नेतृत्वमा सन् १९१९ मा तेस्रो अन्तर्राष्ट्रिय गठन भयो । तेस्रो अन्तर्राष्ट्रियको सहयोग र विश्वयुद्धमा समाजवाद विजय भएपछि यसको प्रभाव पुर्वी युरोप, चीन, कोरिया, भियतनाम र क्युबासम्म पुग्यो । सन् १९१७ को रुसी अक्टोबर क्रान्ति र सन् १९४९ को चिनिया जनवादी क्रान्ति सम्मको अवधि नै विश्व कम्युनिस्ट आन्दोलनको अधिकतम लोकप्रिय भएको समय हो ।
(३) समाजवादी व्यवस्थामा विचलन र असफलता
सन १९५३ मा कमरेड स्टालिनको निधनपछि गद्दार खुस्चोभ सत्तामा पुगेपछि वैज्ञानिक समाजवादी व्यवस्थामा ठुलो विचलन आयो । खुस्चोभले सन १९५६ मा सोभियत कम्युनिस्ट पार्टीको बिसौं महाधिवेशनमा शान्तिपूर्ण संक्रमण, शान्तिपुर्ण प्रतिस्पर्धा र शान्तिपूर्ण सहकार्यको सिद्धान्त अपनायो । जसले गर्दा विश्व कम्युनिस्ट आन्दोलनमा विभाजन भयो ।
क.माओको नेतृत्वमा चिनिया कम्युनिस्ट पार्टीले खुस्चोभी संशोधनवादको घोर विरोध गर्यो र चिनले क्रान्तिकारी धारको र रुसले संशोधनवादी धारको प्रतिनिधित्व गर्यो । सन १९९० मा पुग्दा खुस्चोभी लाईन बोरिस एल्सिन हुदै मिखाइल गोर्बाचोभको समयमा आईपुगेर विश्व सर्वहारावर्गको अधिनायकत्व भएको समाजवाद विघटन भयो । यसलाई इतिहाँसको अन्त्य भयो भनि बुर्जुवाहरुले प्रचार गरे ।
(४) सर्वहारा सांस्कृतिक क्रान्तिको सकारात्मक प्रभाव
महान सर्वहारा सांस्कृतिक क्रान्ति कमरेड माओको नेतृत्वमा सञ्चालन गरिएको सर्वहारावर्गीय क्रान्ति हो । यो सन् १९६६ देखि सन् १९७६ सम्म चलेको थियो । यसको मूल उद्देश्य पार्टीभित्र र बाहिरबाट जन्मिएका समाजवाद विरोधी विचार विरुद्ध लड्नु र ती खराब विचारबाट वैज्ञानिक समाजवादलाई रक्षा गर्नु रहेको थियो ।
परन्तु सन् १९७६ मा माओको निधनपछि यो क्रान्ति पूरा हुन सकेन । विश्वभरिका क्रान्तिकारीहरुले भने सर्वहारा सांस्कृतिक क्रान्तिको मार्गदर्शनलाई अपनाइ रहेका छन् ।
(५) पेरिस कम्युन
सर्वप्रथम पेरिसका मजदुरहरुले पुँजीपति वर्गको विरुद्ध संघर्षमा निर्णायक विजय हासिल गरे । त्यो १८ मार्च १८७१ को दिन थियो, जुन दिन विश्व कम्युनिस्ट आन्दोलनका लागि निकै गौरवमय दिन मानिन्छ । ७२ दिनमै प्रतिक्रान्तिमा बदलिएको पेरिस कम्युनले विश्व भरिका सर्वहारावर्गका लागि नयाँ र गुणात्मक शिक्षा प्रदान ग¥यो ।
स्वयम माक्र्स–एगेल्सलाई पनि पेरिस कम्युनका अनुभवहरुलाई लिएर सर्वहारावर्गको अधिनायकत्वको प्रश्नमा झनै गहन धारणा बनाउन मद्दत मिल्यो ।
पेरिस कम्युन संसारभरिका मजदुर वर्गका लागि एउटा ऐतिहासिक र प्रेरणादायी दिन थियो । पेरिस कम्युन नै विश्वको पहिलो सर्वहारा–श्रमिकवर्गको समाजवादी सत्ता थियो । जुन सत्ताले सिंगो युरोपको पुँजीपतिवर्गका लागि ऐतिहासिक चुनौति खडा गरिदियो । उक्त क्रान्तिपछि पहिलोपल्ट सर्वहारावर्गले पुँजीपति वर्गमाथि अधिनायकत्व स्थापित गरेको थियो । तर पुँजीपतिवर्गको प्रतिक्रान्तिका कारण सिंगो विश्व हल्लाउने क्रान्तिकारी आन्दोलन ७२ दिनमै ढल्यो ।
(५) विश्व कम्युनिस्ट एकताको अर्को प्रयास
क्रान्तिकारी पार्टी तथा संगठनहरुको अन्तर्राष्ट्रिय समन्वय समिति (आइकोर) को स्थापना अक्टोवर १६, २०१० मा जर्मनीको राजधानी बर्लिन शहरमा भएको थियो । आइकोरको सम्मेलनमा विश्वका सबै महादेशका गरी उन्नतिस पार्टीहरु र संगठनहरुले सक्रिय रुपमा भाग लिएका थिए ।
सो सम्मेलनमा विश्वका १४ वटा संगठनका प्रतिनिधिहरुले भिसा नमिलेको कारणले भाग लिन सकेका थिएनन् । तर सम्मेलनप्रति भने समर्थन जनाएका थिए । आइकोरको सम्मेलनले साम्राज्यवाद र त्यसको मतियारको विरुद्धमा क्रान्तिकारी आन्दोलनलाई तेज पार्दै जाने घोषणा गर्योे । सम्मेलनवाट पारित दस्तावेज सार्वजनिक भए र विश्वका एकचालिस पार्टी तथा संगठनहरु आइकोरको सदस्य भएका छन् ।
आइकोरमा निम्न पार्टी तथा सङगठनहरु सदस्यहरु रहेका छन् ।
अफ्रिका
१. रिभोल्युसनरी अर्गनाइजेसन (कङ्गो)
२. अर्गनाइनेसन फ्रम मोरक्को (मोरक्को)
३. साउथ अफ्रिकन कम्युनिस्ट पार्टी (दक्षिण अफ्रिका) अमेरिका
४. पिसी (एमएलएम) बोलभिया
५. पिसी –एपी) चिली
६. पिसिएमएल डोमिनिकन रिपब्लिक
७. एनसिपिएम हाइटी
८. पिआरटिसी (कोलम्बीया)
९. पिसिएमएल –पनामा)
१०. पिसिपिआइ (पारग्वे(
११ पिएमएल (पेरु)
१२. पिसिपी (पेरु)
१३. रिभोल्युसनरी अर्गनाइजेसन अफ लेबर (अमेरिका)
१४. माक्र्सवादी लेनिनवादी संगठन, अफगानिस्तान
१५. बंगलादेश कम्युनिस्ट पार्टी
१६. भारतीय कम्युनिस्ट पार्टी (माले)
१७. भारतीय कम्युनिस्ट पार्टी, प्रोभिजनल केन्द्रीय समिति, भारत
१८. रन्जवर पार्टी, इरान
१९. नेपाल कम्युनिस्ट पार्टी (मसाल)
२०. नेपाल कम्युनिस्ट पार्टी (एमाले)
२१. अखिल पाकिस्तन ट्रेड युनियन फेडरेसन, पाकिस्तान
२२. श्रमिक महिला सङ्गठन पाकिस्तान
२३ इन्डोनेसियन रिभोल्युसनरी, इन्डोनेसिया
२४. नेपाल कम्युनिस्ट पार्टी (एकिकृत) युरोप
२५. बल्गेरियन वकस पार्टी (बुल्गेरिया)
२६. एसिस्टेन्सन मुभमेन्ट ( बुल्गेरिया)
२७. माक्र्सवादी लेनिनवादी पार्टी (जर्मनी)
२८. कम्युनिस्ट अर्गनाइजेसन अफ ग्रिस
२९. कम्युनिस्ट अर्गनाइजेसन, लक्जमबर्ग
३०. रोड मर्गेन, नेदरल्याण्ड
३१. कम्युनिस्ट फखण्ड, नेदरल्याण्ड
३२. माक्र्सवादी लेनिनवाद प्लेटफर्म, रसिया
३३. एमएलजिएस, स्विटजरल्याण्ड
३४. पर्तिजा राडा (सर्विया)
३५. डिएफड हराल्ड ( स्लोभाकिया)
३७. कम्युनिस्ट पार्टी अफ चेकोस्लाभाकिया (केएससी–सिएसएसपी), चेकोस्लाभिाकियन श्रमिक पार्टी (केएससी–सिएसएसपी), चेक रिपब्लिक
३७. माक्र्सवादी लेनिनवादी कम्युनिस्ट पार्टी (टर्की–नर्थ कुर्दिस्तान)
३८. क्रान्तिकारी कम्युनिस्ट संगठन अफ टर्की
३९. बोल्सेभिक पार्टी नर्थ कुर्दिस्तान, टर्की
४०. कमिटि अफ कोअर्डिनेसन काउन्सिल अफ वर्किङ क्लास मुभेमेन्ट अफ युक्रेन
४१. क्रान्तिकारी कम्युनिस्ट गु्रप रेड वेड वेज (जिआरसी) बुल्गेरिया
४२. TE ijean folket kommumistiks for bumcl (Norway)