काठमाण्डौ –
शेयर बजार हप्ताकोे पहिलो दिनमा नै कारोवारमा शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमवार १२ दशमलव ९२ अङ्कले घटेर २ हजार ६५ दशमलव ७८ विन्दुमा झरेको छ ।केही समय यता शेयर बजारमा उतारचढाव आएको छ
सोमबार विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन अन्य र म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर भने घटेको छ । २ सय २८ वटा कम्पनीका ४४ लाख नौ हजार कित्ता शेयर एक अर्ब २७ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ । आठ करोड २४ लाख रुपैयाँको शेयर किनबेच सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्सको भएको छ ।