पर्वतमा बाआमाको नाममा बेथितीको महोत्सव गर्दै नवराज गुरुङ(भिडियो सहित)

पर्वत,

पर्वतमा कागेँसका नेता नवराज गुरुङले बाआमाको नाममा बेथितीको महोत्सव संचालन गरेका छन् । राधाचन्द्र स्मृति प्रतिष्ठान द्धारा पर्वत कृषि तथा पर्यटन महोत्सव संचालन गरेका काग्रेँसका नेता गुरुङले महोत्सवको नाउँमा जिल्लाकै बेइजत गरेको आरोप स्थानीयले लगाएका छन् । गुरुङ यस प्रतिष्ठानको संरक्षक समेत हुन् । जेठ ६ गते बाट १६ गते सम्म संचालन हुने भनेर सुरु गरीएकोे महोत्सवमा बिभिन्न खेल, प्रतियोगिताहरु संचालनमा आएका थिए ।
महोत्सवमा राखिएको जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिताको बिजेता टोलीले एक लाख एक हजार रुपैयाँ, दोस्रोले ५५ हजार रुपैयाँ, तेस्रोले ३० हजार रुपैयाँ र सान्त्वना हुने टोलीले १५ हजार रुपैयाँ पाउने गरी पुरस्कारको व्यवस्था गरिएको भए पनी प्रथम भएको ठकुरी समाजले बाहेक अरु स्थान हासिल गरेका खेलाडीहरुले पुरस्कार पाएका छैनन् । पुरस्कार नपाए पछि दोश्रो ,तेश्रो र सान्त्वना स्थान हासिल गरेका प्रतियोगि टिमले पुरस्कार पाउनु पर्ने माग गर्दै प्रबेश गेटमा नै ताला लगाएका छन् । महोत्सव स्थल अहिले तनापग्रस्त भएको छ । भलिबलमा प्रथम ठकुरी समाज , दोस्रो लिमिठाना र तेश्रो गलकोट र सान्त्वना पर्वत भलिवल संघ भएका थिए ।
महोत्सवमा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुद्धारा दैनिक सांगितिक प्रस्तुती, स्थानीय व्यापार व्यवसाय प्रबद्र्धनका लागि व्यसायीहरुका स्टलहरु, कृषि तथा पर्यटन प्रबद्र्धनका स्टलहरु, पिङ, डुङ्गा, ड्रागन रेल, बाल उद्यान, चमेना गृह, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक प्रस्तुती तथा हास्य प्रहसन, पर्वत डान्स आइडोल, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप, फरक फरक जातजातिका भेषभुषा सहितको झाँकी प्रर्दशनी, उत्कृष्ट व्यवसायिक व्यक्तिहरुलाई सम्मान गर्ने गरी महोत्सव संचालन भएको थियो ।
पर्वत उद्योग बाणिज्य संघले महोत्सव स्थगन गर्न दिएको निर्देशन अस्विकार गर्दै महोत्सव संचालन गरेको अध्यक्ष गोपी अधिकारीले बताए । नेपाल सरकार गृह मन्त्रालयको निर्देशन उलंङ्घन गर्दै महोत्व संचालन भएको अधिकारीले जानाकारी दिए । अधिकारीले गृह मन्त्रिको धम्की दिदै सत्ताको आडमा प्रतिष्ठानले महोत्सव गरेको बताए । धेरै ठाउँमा तिर्नु पर्ने रकम पनी नतिरेको र बाणिज्य संघमा अधिकांश ब्यापारीहरुले गुनासो गर्नुभएको बताए ।

भिडियो सहित  https://www.youtube.com/watch?v=asQzJV-Xjsc

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार