काधमा ग्याँस र सडकमा बाइक डोराएर बिरोध प्रदर्शन

पर्वत,१०

महङ्गीको भार महिनौ जस्तै बढेको हुनाले काधमा ग्याँस र सडकमा बाइक डोराएर अनेरास्वबियु पर्वतले मंगलबार मुल्य बृद्धिको बिरोध गरेको छ । पछिल्लो समय खाद्य बस्तु ,डिजेल,पेट्रोल देखि खाने तेल सम्म अस्वभाविक रुपमा बढेको हुनाले बिरोधमा उर्तिनु परेको अनेरास्वबियुले जनाएको छ ।
पर्बतको कुश्मा नगरपालिका-६ मैत्रीचोक स्थित नेकपा एमाले जिल्ला पार्टी कार्यलय बाट पुर्व घोषित कार्यक्रम अनुसार अनेरास्ववियु जिल्ला कमिटी पर्बतको आयोजनामा बिरोध कार्यक्रम गरीएको हो । अनेरास्ववियु जिल्ला कमिटी पर्वतका अध्यक्ष मोहन पौडेलको नेतृत्वमा अनेरास्वबियुका नेता कार्यकर्ताको उपस्थितिमा पेट्रोलियम पदार्थ लगायतका बस्तुहरुमा भएको अस्वभाविक मुल्यवृद्धि बिरुद्ध नाराबाजी गरेका थिए ।
उनीहरुले मुल्यबृद्धि फिर्ता गर, देउवा सरकार मुर्दावाद, गठबन्धनको उपहार महङ्गी र भ्रष्टाचार, गठबन्धन सरकार मुर्दावाद, गठबन्धन सरकार राजीनामा दे, अनेरास्ववियु जिन्दावाद, लगायतका नाराहरु सहित पार्टी कार्यलयबाट प्रगति चोक-लोकतान्त्रिकचोक-पुरानो बजार-दुर्लुङ्ग चोक-साझा चोक हुँदै शिवालय चोकमा आई कोणर् सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोदन गर्दै अनेरास्ववियु जिल्ला अध्यक्ष मोहन पौडेलले गरिव र साधारण जिवनयापन गर्ने नेपाली नागरीकलाई परमादेशी सरकारले नालायक पन देखाएको बताएका छन् । पौडेलले नेपाली नागरीकको बिषयमा नसोचेको साथै भोकमरिको अवस्था सृजनाहुने कृयाकलाप गरेको यो सरकारले मुल्यबृद्धिलाई यथाशिघ्र छिटो समायोजन नगरेमा अनेरास्ववियु जुन सुकै कदम चाल्न पनि पछि नहट्ने बताए । कार्यक्रममा अनेरास्वबियु पर्वतका सचिव सुजन पौडेले पनि मुल्यबृद्धिको बिषयमा सरकार प्रति आक्रोस व्यक्त गरेका थिए । अनेरास्वबियु केन्द्रिय कमिटि द्धारा निर्देशित कार्यक्रम पर्वतमा गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार