वर्तमान परिस्थिती र हाम्रो कार्यदिशा

वर्तमान राजनितिक परिस्थिति पूरै नयाँ वनेको छ । नेपाली जनता माथि संसदीय व्यवस्था पूरै लादिएको छ । मुलुकमा भारतीय हस्तक्षेप तिव्र गतिमा वढी रहेको छ । नेपालको जमिन लिपुलेक कालापानी, लिम्पीयाधुरा आदी माथी भारतीय विस्तारवादी शाषक ले नङग्रा गाडीसकेका छन् ।

नेपालको सिमाहरु मिचिएका छन् । सिमानाका पिलरहरु फालिएका छन् भने कति गायव गरिएका छन् । । दिन दहाडनै सिमानाका जनतामाथि जथाभावी कुटपिट र गोलिको शिकार बनाएका छन् । तर शाषक वर्ग भारतीय विस्तरवाद विरुद्ध एक शब्द पनि उच्चारण गदैनन् र गर्न पनि सक्दैनन् । किनकी उनीहरुको वर्गिग चरित्र यस्तै छन् ।

नेपालको इतिहासमा नै राष्ट्रियता माथि ठूलो संकट देखा परिरहेको छ । मुलुकको हरेक क्षेत्रमा दलालीकरण भएको छ । विचौलीया व्यापक रुपमा फैलिएको छ । जलमाफिमा र भुमाफिया अनियन्त्रीत रुपमा अगाडि बढीरहेको छ । व्यापक रुपमा नदी नाला उत्खन्न गरी वालुवा, ढुङ्गा, माटो र प्राकुतिक स्रोत साधनको चरम दुरुपयोग गरी रहेको छ । जताततै अन्याय अत्याचार भष्ट्राचार, हत्या, लुट, वलात्कार महगी, शोषण दमन बढीरहेको छ ।

न्याय मरी सकेको छ । मंहगीले आकाश छोएको छ । खेति योग्य जमिन वाँझो छ । सिचाँइको व्यवस्था छैन । किसान लाई चाहिने मल विउको मुल्य अत्याधिक महँगो भई रहेको छ । लाखाैँ लाख वेरोजगारी युवाहरु काम को खोजिमा खाडी मुलुकमा भौतारिरहेको छ भने दिनको सरदर ५-७ जनाको लाश को बाकस त्रिभुवन अन्तर्राष्ट्रीय विमान स्थलमा आइ रहेका छन् । खाडी मुलुकहरु लगायत मलेशियामा सरदर २२०० (बाईस सय) युवाहरु गइ रहेका छन् । बेरोजगार कहाली लाग्दो स्थित छ । तिनकै पसिनाले जम्मा गरेका रिमीट्रयान्स वाट नेताहरु मस्ती गरीरहेका छन् ।

स्वास्थ्य क्षेत्र अत्यन्त महंगो भएको छ । गरिवले उपचार नपाई अकालमा ज्यान गुमाइ रहेको छ । दुर्गम जिल्लाहरुमा सिटामोल नपाइ जनता अकालमा मरिरहेका छन् भने राजनितीक दलका नेता तथा मंत्री र उच्च पदस्थ कर्मचारीहरु राज्यको ढुकुटी चरण दुररुपयोग गरी उपचार गरी रहेका छन् । सेमिनार र गोष्ठी को नाउँमा विदेश सयर गरी रहेका छन् ।

त्यस्तै शिक्षा क्षेत्र अस्तव्यस्थ भईरहेका छन् । साधारण जनताले मंहगी स्कुल कलेज को शुल्क तिर्न सकिरहेका छैनन् । नेता र ठुलावढा धनि मानिसका छोरा छोरी छात्रवृद्धि र निजी खर्चमा विदेशमा पढी रहेका छन् । गरीवका छोरा छोरी पढने सरकारी स्कुलमा कुनै किसिमको भौतिक सुविधा छैन । शिक्षा हुने खाने वर्गको लागि मात्र भएको छ ।

विदेशमा पढन जानेको ओइरो लागिरहेको छ । देशमा कुनै किसिमको रोजगारको अवसर छैन । उधोगधन्दा कलकारखाना केही छैन । भइरहेको उधोगधन्दा पनि धमाधम वन्द हुदैछ ।

जनताको जनजीविकाको समस्या अझ वढी थप कष्टकर हुदैँ छ । संसदवादी दलहरुको नितान्त कुर्सिको स्वार्थले थप समस्या उत्पन्न भएका छन् । देशमा राजनीतीक संकट थप अरु चुलिरहेका छन् । सर्वसाधारण जनता वाँच्न कठिन भएको छ । मुलुकको आर्थीक बृद्धिदर सुन्यमा झरेको छ । व्यापार घाटा अरबौ को छ ।

नेपालमा ठुला–ठुला आयोजनाहरु जस्तै अरुण तेस्राे कर्णाली हाइड्रोपावर प्रोजेक्ट कमिशनको लोभमा बेचीसकेको छ । मुलुकको नदीनाला, प्राकृतिक स्रोत साधन लगायत हवाई अड्डा आदि सवै भारतीय विस्तारवादलाई वेचि सकेका छन् ।

न्तिकारी नेता भनाउदा प्रचन्ड र वावुराम भट्टराईले क्रमश २५ बुँदे र विप्पा सम्झौता गरी सकेका छन् । यि सवै राष्ट्रघाती सन्धी–सम्झौताले नेपाललाई कंगाल मुलुक वनाउने चेष्टा गरेका छन् । चुनावको समयमा जनता समक्ष गरेका बाचाहरु (प्रतिज्ञाहरु) सवै झुठा सावित भएको छ । उनीहरुले घर घरमा सिंहदरवार र समृद्धि नेपाल सुखी नेपाली भन्ने नारा पनि झुठा सावित भएका छ्न । यो केवल जनतालाई ठग्ने र ढाटने चालवाजी वाहेक अरु केही होइन ।

विस्तारवादी÷साम्राज्यवादी दलाल शाषकहरु कोही अमेरिकी र उस्को गठवन्धन संग घाँटी जोडी रहेका छन् भने कोही भारतीय विस्तारवादी शाषकसँग मिली रहेका छन् ।

अमेरीकी साम्राज्यवादले एमसिसि (MCC) को नामबाट नेपालको सामरिक महत्वलाई उपयोग गरी चिनको तिब्बतलाई आक्रमण गर्ने योजना बाहेक अरु केही होइन । चिनको आर्थिक र सैन्य शक्तिलाई कमजोर वनाउने सैन्य नीती हो ।

मेरीकी साम्राज्यवादले जापान, अष्टे«लिया र भारत संग सैन्य सम्झैता गरी चिनको वढदो सैन्य शक्तिलाई रोक्ने रणनीती बनाएको छ । यो अमेरिकाको Indo- Pacific Policy हो । सुरक्षा सन्धी सम्झौता अनुसार अमेरिकाले दक्षिण कोरियामा त्रिचालिस हजार र जापानमा पन्द्र हजार सैनिक राखेको छ । नियमित रुपमा दक्षिणकोरिया र अमेरिकन सैनिक ले संयुक्त सैन्य अभ्यास गरी आएको छ । दक्षिण कोरियामा थाड जडान गरिसकेको छ । Indo- Pacific Policy अमेरिकी रक्षा नीती हो । यो अन्तर्गत नेपाललाई भारतीय आँखावाट हेरीरहेको छ ।

यस जटिल परिस्थितिमा नेपाली क्रान्तिलाई ठिक ढंगले वैज्ञानिक-वस्तुनिष्ट समयसापेक्ष वुझन र सञ्चालन गर्न अति आवश्यक छ । नेपाली क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गर्न के कस्तो कार्यदिशा र फौजी नीति योजना (भिजन) को आवश्यक छ त्यो सवैभन्दा महत्वपूर्ण हुन्छ ।

वस्तुवादी कार्यदिशा र भावी योजना कार्यान्वयन गर्न के कस्तो चुनौतिको मुकाविला गर्नु पर्दछ त्यस वारेमा पनि बेलैमा सोचिएन भने हामीले ठुलो मूल्य चुकाउनु पर्नेछ ।

नेपाली क्रान्तिको विगतमा भएका धोका, षडयन्त्र र विचलनवाट पाठ सिकी नेपाली विशेषतामा आधारित क्रान्ति गर्न अति जरुरी देखिन्छ । त्यसैले कार्यदिशा सही वा गलत हुनुले सवै कुराको छिनोफानो गर्दछ । क्रान्तिमा कार्यदिशा सही भएमा हामीले विजय तिर पु¥याउन सक्छौ तर गलत वा बेठिक भएमा उपलंब्धीहरु पनि गुम्छ ।

त्यसकारण हामीले लिएको राजनितिक कार्यदिशा नेपालको भौगोलिक वनोट–भुराजनीती र मैलिक विशेषतामा आधारित भई नयाँ ढँगले २१ औं शताव्दीमा विज्ञान प्रविधिको दु्रत विकास लाई दृष्टीगत गरी अगाडि वढेमा अवश्य सफल हुनेछौ ।

अव नेपाली क्रान्ति रुसी जनविद्रोह र चिनिया दिर्धकालीन जनयुद्ध को हुवहु नक्कल गरेर सम्भव छैन । अव क्रान्ती नेपाली विशेषतामा आधारित बैज्ञानिक र वस्तुनिष्ट भइ रुसी र चीनिया क्रान्तिको सार्वभौम पक्ष लाई मात्र ग्रहण गरी क्रान्तिकारी साहसका साथ दृढका साथ लड्ने प्रण गर्नु अति आवश्यक छ । अत नेपालको विशेषता र भौगोलिक भु–वनोट, हावापानी, माटो सुहाउदो हामीले शसस्त्र जनविद्रोहको कार्यदिशा को संश्लेषण गरेका छौ ।

त्यसकारण हाम्रो कार्यदिशाले निर्देशित गरेको राजनीतीक, सांगठानिक र सैन्य नीतीलाई अझ बढी व्यवस्थीत गर्दै जानु पर्दछ र विज्ञान प्रविधिलाई प्रचुर मात्रामा प्रयोग गरी पार्टीको सैन्य रणनीतीका सेनाहरु विज्ञान र प्रविधि र आधुनिक हातहतीयारले सुसज्जित हुनुपर्छ । पार्टी, सेना, नेता र कार्यकर्ता प्राविधिक ज्ञान र तालिमले दक्ष हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार