नेपाली क्रान्तिको नवीन कार्यदिशा (Concept of General Political Line)

नेपाल बहुजातीय बहुधार्मिक बहुभाषि र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक हो । यहाँ १२५ भाषा भाषी बोल्ने जाति जनजातिहरु छन् र ५९ मुख्य भाषालाई मान्यता दिएको छ ।

यसको उत्तरमा विशाल चिनको तिब्बत र पूर्व, पश्चिम र दक्षिणमा विशाल भारत रहेको छ । नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर रहेको छ । नेपाल दक्षिण एशियाको सानो भूपरिवेष्टीत मूलुक हो । नेपाल स्वतन्त्र र सर्वभौमसत्ता सम्पन्न मुलुक भनिएतापनि सुगौलि सन्धी लगायत १९५० को दिल्ली सम्झौताले अर्धसामन्ती र नबऔपनिवेशिक मुलुकको रुपमा रहेको छ ।

नेपालको चिन र भारत वाहेक सिधै अरु देशसँग सम्बन्धको स्थिती छैन र पेट्रोल, डिजेल, नून, तेल, ग्यास, मटितेल समेत भारतको नै निर्भर पर्नु पर्दछ । नेपालको भौगोलिक बनौट अनुसार अब नेपाली क्रान्तिलाई सम्पन्न गर्न कस्तो खालको र कस्तो वर्गसंघर्षको मोडेल क्रान्तीको कार्यदिशा (General Political Line) अपनाउदा क्रान्ति सम्पन्न गर्न सकिन्छ यो गम्भिर विषय भएको छ ।

अब नेपाली क्रान्तिलाई सफल गर्न सन् १९१७ को रुसी क्रान्तिको मोडेल शहरीय विद्रोह र सन् १९४९ को चिनको दिर्घकालीन जनयुद्धको (Long Peoples War) मोडेलको हुबहु नक्कल गरेर सम्भव नहुने निश्कर्षमा हामीहरु पुगेका छौ । अब नेपालको आप्mनै विशेषतामा ठोस वस्तुस्थितिको ठोस विश्लेषण गरी २१ औँ शताब्दीको विश्वमा नविन कार्यदिशासहीत वर्ष संघर्षको नयाँ मोडेलको विकास हुन जरुरी देखिन्छ । नयाँ कार्यदिशा मालेमाबादको आधारभूत सिद्धान्त भावना र मर्म अनुसार हुनेछ ।

नेपालको विशेषतामा टेकेर सही क्रान्तिकारी कार्य दिशा अपनाई अगाडि बढ्नुको विकल्प छैन । नेपाली क्रान्ति अब विशिष्ट ढंगले छिट्टै सम्पन्न गरिने छ । आज हामी जुन विश्वका छौ त्यो विश्व पुरै बदलिएको छ । विज्ञान र प्रविधिले ठुलो फड्को मारेको छ । विज्ञान र प्रविधिको विकासले विश्व सानो गाउँको (Global Village) रुपमा परिणत भएको छ । विश्वको आर्थिक, राजनीतिक, सामाजिक र सास्कृतिक क्षेत्रमा ठुलो उथलपुथल भएको छ । यस्तो परिस्थितिमा क्रान्तिको कार्यदिशा समय अनुसार वस्तुवादी र वैज्ञानिक हुन अनिवार्य छ ।

क्रान्तिको कार्यदिशा मनोगत, अवैज्ञानिक र अवस्तुवादी भएमा क्रान्तिले ठूलो क्षति वेहोर्नु पर्छ र क्रान्तिको निश्चित लक्ष्य र उद्देश्य हासिल गर्न सकिदैन र असफलताको भूङग्रोमा फसिन्छ । क्रान्ति भनेको वर्गसंघर्षको उच्चतम अवस्था हो । नेपाली समाजको ठोस वर्गविश्लेषण गरी क्रान्तिमा मित्र र शत्रु छुट्याउनु अति जरुरी छ । क्रान्तिमा वर्गदुश्मन को हुन र वर्गमित्र कोहुन पहिचान गरी क्रान्तीको बाँकी कार्यभार पूरा गर्न सक्दछौ । मित्र र दुश्मनलाई छुट्याउनु जरुरी छ ।

नेपाली क्रान्तिको विशेषता र चरित्र नेपालको हावापानी, माटो, भूबनौट र वस्तुगत परिस्थिती अनुकूल हुनु पर्दछ । सर्वहारा–श्रमजीविवर्गको नेतृत्वमा विशाल किसान मजदुर एकताको आधारमा सम्पूर्ण देशभक्त, जनवादी शक्ति, उत्पीडित, वर्ग, क्षेत्र, लिङ्ग, मूलबासी, महिला, मध्यमवर्गलाई समेतलाई संगठीत र गोलबद्ध गरी शसस्त्र जनविद्रोहद्धारा वर्तमान प्रतिक्रियावादी दलाल संसदीय राज्यसत्तालाई ध्वस्त गरी जनताको जनवादी अधिनायकत्वयुक्त नयाँजनवादी गणतन्त्र नेपालको स्थापना गर्नु नै नेपाली क्रान्तिको आम राजनितीक कार्यदिशा (General Political Line) हो ।

यसलाई नेपाली क्रान्तिको शसस्त्र जनविद्रोहको कार्यदिशा (Arms Peoples Revolution) भनिने छ । शसस्त्र जनविद्रोहको फौजी कार्यदिशा सेनालाई अगाडि पंत्तिमा राख्ने नीति हुने छ । यस राजनैतिक कार्यदिशाको चरित्र छोटो खालको हुनेछ । लामो समयसम्म युद्ध लडि रहने कार्यदिशा हुने छैन ।

१. भूराजनीतिक अवस्था

नेपाल विश्वको दुई उदयमान शक्ति चिन र भारतको विच रहेको छ । नेपालको उत्तरका विशाल चिनको तिब्बत छ भने पूर्व, पश्चिम र दक्षिणमा विशाल भारत पर्दछ । नेपाल आर्थिक रुपमा भारतमा भरपर्नु भूराजनीतिको ठुलो विशेषता हो । नेपालको विदेश नीति दुई छिमेकी देशहरु चिन र भारत विच सन्तुलित नीति कायम गर्दै आई रहेको छ ।

नेपालको सम्बन्ध चिन र भारत बाहेक सिधै अरु देश सँग हुने स्थिती देखिदैन । नेपालको आफ्नो उत्पादन बाहेक डिजेल, पेट्रोल, ग्यास, नुन, तेल, पाटपूर्जा आदी समेत चिनको भन्दा भारतको नै भर पर्दै आएको छ । नेपालको भू-बनोट अनुसार राज्यको संरचनाहरु पनि सवै क्षेत्रतिर छरिएका छन् भने क्रान्तिकारी देशभक्तहरुको उपस्थित पनि सवैतिर रहेको पाइन्छ ।

राज्यको सुरक्षा शक्ति सापेक्षतामा बलियो छ भने क्रान्तिकारी देशभक्त परिवर्तनकारीहरुको शक्ति रक्षात्मक अवस्थामा छ । यो सत्य यथार्थ हो । यस्तो जटिल परिस्थितीमा विना तयारी हतारमा हचुवाको भरमा काल्पनीक, कपोल्कल्पीत, अबस्तुवादी, अवैज्ञानिक कार्य दिशा बनाई क्रान्तिको शुरुवात गर्दा दुस्साहसवादमा फस्ने र अन्त्यमा गएर संसदीय व्यवस्थाका पुच्छरमा परिणत हुने अवस्था आउने परिस्थितिलाई ध्यानमा राखि हामीले ठोस बस्तुस्थितिको ठोस विश्लेषण गरी २१ औँ शताब्दीमा नविन कार्यदिशा आम शसस्त्र जनविद्रोहलाई मौलिक तरिकाले क्रान्तिको कार्यदिशाको विकास गरिरहेका छौ । यो नेपालको वास्तविकता र सापेक्षतामा रहेको छ ।

२. भूपरिवेष्ठीत अवस्था

नेपाल दक्षिण एशियामा अवस्थीत साने भूपरिवेष्टित मूलुक हो । यसको भौगोलिक स्थिती पहाडै पहाडले भरिएको छ । संसारको सवभन्दा अग्लो हिमचुचुरा सगरमाथा पनि यहि छ ।

नेपालमा करिब ६००० नदी नाला, खोलो खहरे, खोल्सा खोल्सी छन् । यी सवै नदी नेपालबाट भारत तर्पm बगेका छन् । ती मध्ये ६० नदी नालाले नेपाल र भारतको सीमा नदीको काम गरेका छन् भने ६० नदीहरुले दुईृ देश विच ६४७ किलोमिटर सिमा रेखाको काम गरेका छन् ।

सुगौली सन्धी सन् १८१६ र सन् १९५० दिल्ली सम्झौताले नेपाल र भारतको विच खुला सिमा रहेको छ । उक्त सन्धिले दुई देश विच विना रोकतोक विना प्रवेशज्ञा (Without Visa) आवत जावत गर्न सकिन्छ । भारत नेपालको ठूलो व्यापारिक र विकासको साझेदारी हो । हालसम्म नेपालको राजनीतिमा भारतको महत्वपूर्ण भूमिका रहेको छ ।

भारतले तत्कालिन प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको पालामा २००९ साल जेठ २७ गते नेपालको उत्तरी हिमालयका १८ स्थानमा भारतीय सैनिक चेकपोष्टहरु स्थापना गरिएको थियो । नेपालको उत्तरी सिमानामा भारतीय चेकपोष्ट राखी सैनिक तैनाथीलाई नेपाली जनता र नेपालका राजनीतिक पार्टीहरुले विरोध गर्दै आएका थिए । २०१६ सालमा भारतीय चेकपोष्टको ठूलो विरोध भयो तर हट्न सकेन ।

चिनिया नेता माओत्सेतुङको पहलमा तत्कालिन प्रधानमन्त्री किर्तिनिधि विष्टका समयमा २०२६ साल वैशाख ७ गते भारतीय चेकपोष्ट उठाई फिर्ता पठाइयो । भारतले २०७२ साल असोज ६ गते देखि अघोषित नाकाबन्दी लगायो ।

नेपाली जनताले बुझ्नुपर्ने कुरा के हो भने यो पहिलो नकाबन्दी पक्कै होइन र यो नै अन्तिम पटकको नाकाबन्दी हुने छ भन्न सकिदैन । त्यसैले भारतद्धारा गरिएको २०७२ सालको नाकाबन्दी नौलो र अनौठो होइन । भारतले नेपाललाई अहिलेसम्म ४ पटक नाकाबन्दी लगाएको छ । २०१९, २०२७, २०४५ र २०७२ साल ।

३. नेपाल–भारत नवऔपनिवेशिक सम्बन्ध

सन् १९४७ मा भारत विट्रीस उपनिवेशबाट स्वतन्त्र भयो । त्यसपछि स्वतन्त्र भारतले सन् १९५० जुलाई ३१ म नेपालसँग शान्ति तथा मैत्री सन्धी ग¥यो । राणा विरोधी आन्दोलनले चरम रुप लियो । आप्mनो सत्ता संरक्षणको लागि तत्कालीन राणा प्रधानमन्त्री मोहन शम्सेरले भारतसँग असमान सन्धी गरेका थिए ।

यो सन्धीको दफा ५ मा नेपालले आप्mनो सुरक्षार्थ आवश्यक हातहतियार भारत तथा भारतीय भूमिबाट आयत गर्नुपर्ने र त्यसलाई कार्यरुप दिन दुवै सरकारले परस्पर परामर्श लिनू पर्ने व्यवस्था छ । यो सन्धि सँगै दफा ४,६,७ र ८ मा नेपालको स्वाधिनता माथी गम्भीर आँच पु¥याउने कुरा उल्लेख छ ।

भारतले आप्mना छिमेकी मुलुकहरु भुटान र नेपाललाई आफ्नो सुरक्षा छातामुनि राख्ने निती लियो । यसरी नेपाल भारतको नबऔपनिवेशीक रुपमा रहन गएको छ ।

४. राजनीतिक शक्तिको हिसावले नेपालमा निम्न शक्तिहरु रहेका छन् ।

१. दलालपूजिवादी शक्ति

२. राष्ट्रिय पूजीवादी शक्ति

३. नोकरशाही शक्ती

४. सुदखोर-माफीया

५. देशभक्त शक्ति

६. सुधारवादी शक्ति

७. क्रान्तिकारी शक्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार