व्यवसायीको हकहित हाम्राे पहिलो प्राथमिकता : नवनिर्वाचित अध्यक्ष गौतम

काठमाडौं, १५ साउन । नेपाल व्यापार संघको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । अध्यक्ष हरि गौतमकाे नेतृत्वमा सबै १०५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

संघको शनिबार सम्मन्न ३१ साधारण सभा तथा १६ औँ महाधिवेशनबाट अध्यक्षमा गौतम सहित सबै १०५ सदस्यीय कार्यसमिति सर्वसम्मत छानिएको हो ।संघको अध्यक्षमा यस अघि उपाध्यक्ष रहेका गौतमको मात्रै उम्मेदवारी परेको थियो । साधारण सभा तथा महाधिवेशनले अध्यक्ष सहित सबै पद सर्वसम्मत रुपमा टुङग्याएको अध्यक्ष गौतमले जानकारी दिए । निवर्तमान अध्यक्ष सहित संघको कार्यसमिति १०५ सदस्यीय हुने व्यवस्था छ ।

संघको नयाँ कार्यासमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण अधिकारी चयन भएका छन् । प्रथम उपाध्यक्षमा गिरीराज पोखरेल, द्धितिय उपाध्यक्षमा श्याम रुङ्टा, काठमाडौं उपाध्यक्षमा विपिन शर्मा, महिला उपाध्यक्षमा पार्वती भट्ट पौडेल र इन्दिरा लामिछाने पौडेल चयन भएका छन् । महासचिवमा दिपक सापकोटा, कोषाध्यक्षमा चिफ बहादुर थापा तथा उप महासचिवमा निरञ्जन सेढाई र दामोदर पन्त सर्वसम्मत रुपमा चयन भएका छन् ।

यसैगरी पहिलो पटक प्रदेशका संरचनामा गएको संघको सबै सात वटै प्रदेशमा उपाध्यक्ष हुने व्यवस्था गरेको छ । प्रदेश उपाध्यक्षहरु पनि सर्वसम्मत रुपमा चयन भएका छन् । जसअनुसार प्रदेश १ उपाध्यक्षमा तेज प्रसाद आचार्य चयन भएका छन् । त्यस्तै मधेश प्रदेशमा गोपी चन्द्र अग्रवाल, बागमती प्रदेश तर्फ दुर्गा बहादुर गौतम र गण्डकी प्रदेशबाट जयकृष्ण शर्मा चयन भएका छन् । त्यस्तै लुम्बिनी प्रदेशबाट कुमार थापा, कर्णाली प्रदेशबाट सोमित थापा र सुदुरपश्चिम प्रदेशबाट कोमल सुन्दुर श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन ।

यस्तै सचिवमा सुरेन्द्र पौडेल, पवन कुमार अग्रवाल, हरिराम डाँगी, दिपक प्रसाद सापकोटा, ज्योती कुमार श्रेष्ठ, ठाकुर नाथ आचार्य, देवराज कार्की चयन भएका छन् भने महिला सचिवमा लक्ष्मी कुमारी बराल र बिमला कुवर केसी चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले गरेका थिए । साना तथा मझौला व्यवसायीहरुको साझा संस्थाका रुपमा रहेको नेपाल व्यापार संघको स्थापना २०४७ सालमा भएको हो ।

सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दा व्यवसायीका समस्याका विषयमा काम गर्न सहज हुने भएकाले अबको कार्याकाल व्यवसायीको हक हितका लागि लगाउने नविनिर्वाचित अध्यक्ष गौमले बताए । निर्वाचन लोकतान्त्रीक प्रक्रिया भए पनि यसबाट व्यवसायीहरु विभाजित हुने हुन्दा व्यवसायीका मुद्धा ओझेलमा पर्ने उनको तर्क छ । संघीय संरचना अनुसार नेपाल व्यापार संघ अब वडासम्म विस्तार हुने अध्यक्ष गौतमको भनाइ छ ।

१ हजार जना साधारण सदस्य रहेको कार्यसमिति १०५ सदस्यीय, ५१ सदस्यीय सल्लाकार र आजीवन सदस्य १५० जना रहका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार